Skip to main content

धनगढी न्यूज

सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?

Advertisement

भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन मन्त्री र शीर्ष नेताहरूलाई सेनाले सुरक्षा निम्ति शिवपुरी लगेर राखिएको थियो।

अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि ओली र देउवा दम्पतीबाहेक अरू सबै नेता शिवपुरीबाट फर्किएका छन्।

संघीय राजधानी काठमाडौं लगायत देशभरको सुरक्षा खल्बलिएका बेला मन्त्रिपरिषद र राजनीतिक दलका शीर्ष पदाधिकारीलाई सुरक्षा निम्ति राखिएको शिवपुरीमा सेनाको के-कस्तो संरचना छ भन्नेबारे धेरैलाई जिज्ञासा छ।

यसका लागि हामीले सेनाका केही अधिकारीसँग कुरा गरेका छौं।

उनीहरूका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जमा सेनाका प्रमुख दुई संरचना छन्। राजधानीबाट नजिक भए पनि आन्दोलनकारीको पहुँच नपुग्ने भएकाले सेनाले हेलिकप्टरमा उद्धार गरेर नेताहरूलाई त्यहाँ लगेको थियो।

शिवपुरीमा सैनिक कमान्ड र सेनाको स्टाफ कलेज छ भने निकुञ्ज सुरक्षार्थ खटिएको छुट्टै गण पनि छ। स्टाफ कलेज निकुञ्जभित्रै पर्छ। निकुञ्जको गण भने नजिकै टोखामा छ।

सेनाका लागि विशिष्ट महत्त्व बोकेको स्टाफ कलेज भएकाले यहाँ अत्यन्तै सुरक्षित र व्यवस्थित संरचनाहरू रहेको सैन्य अधिकारीहरू बताउँछन्।

विदेशी सैनिक अधिकृतहरू परिवारसहित आउने भएकाले फ्ल्याट सहितको सुविधा छ। सुविधासम्पन्न भवन र मेडिकल सेन्टर समेत छ।

अहिले पनि स्टाफ कलेजको कक्षा चलिरहेकाले कलेजमा थप व्यक्ति राख्ने ठाउँ नभएको स्रोत बताउँछ। स्रोतअनुसार अहिले त्यहाँ ६ जना विदेशी सैनिक अधिकृतसहित ९२ जना छन्।

त्यसैले सेनाले उद्धार गरेका निवर्तमान प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वराष्ट्रपति विद्या भण्डारी, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई टोखामा रहेको गणमा राखिएको थियो। निकुञ्ज सुरक्षार्थ खटिएको गणमा प्रमुख सेनानीको कमान्डमा ८ सयभन्दा धेरै सैनिक रहन्छन्।

‘स्टाफ कलेजमा ठाउँ नभएपछि तल गणमा राखिएको होला। निकुञ्ज सुरक्षार्थ स्थापना भएको गणमा केही नेताहरू राख्न समस्या हुँदैन,’ स्रोतले भन्यो, ‘पाहुनाका लागि पनि कोठाहरू बनाइएकै हुन्छन्।’

सेनाको स्टाफ कलेजमा साढे १० महिनाको तालिम तथा अध्ययन हुन्छ। यसका लागि ५० देखि ६० जना छानिएका हुन्छन्। हरेक शैक्षिक सत्रमा १ जना सशस्त्र प्रहरी र १ जना नेपाल प्रहरीका अधिकृत पनि सहभागी हुन्छन् भने विभिन्न देशबाट पनि सैनिक अधिकृत आउँछन्।

सैनिक अधिकृतका लागि यो कोर्स निकै महत्त्वपूर्ण मानिन्छ।

‘यो कोर्सका लागि ३५ वर्ष उमेर कट्न हुँदैन। तीनपटकभन्दा धेरै प्रवेश परीक्षा दिन पनि पाइँदैन,’ एक सैनिक अधिकारीले भने, ‘यो कोर्षको मान्यता स्नातकोत्तर सरह हुन्छ। सह-सेनानी र सेनानीको पदमा भएकाहरू यो कोर्स गर्ने हुन्छन्।’

स्टाफ कलेज पास नगरेकाहरू प्रधानसेनापतिको रोलक्रममा समेत रहन पाउँदैनन्।

त्यस्तै, यो कलेजमा हरेक वर्ष नेपाल सरकारका सह-सचिव, सैनिक उच्च अधिकृत, प्रहरीका उच्च अधिकृत, पत्रकार लगायतलाई समेत दुई हप्ताको राष्ट्रिय सुरक्षा तालिम दिइन्छ। एउटा शैक्षिक सत्र र अर्को शैक्षिक सत्रबीचको समयमा राष्ट्रिय सुरक्षा तालिमको आयोजना हुन्छ।सेतो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...