17
Sep
१ असोज, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनले पुराना राजनीतिक दलहरूमा दल पुनर्गठनको माग उठ्न थालेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मूल नेतृत्वमा परिवर्तन हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।पुराना राजनीतिक दलहरुमा कांग्रेसमा पुर्नगठनको विषय प्रारम्भ महामन्त्री गगन थापाले उठाएका थिए । पार्टी सुधार गरेर अघि बढ्नका लागि कांग्रेसभित्र मूलतः चार विकल्पमा बहस सुरु भएको छ । पहिलो : पार्टी सभापति शेरबहादुर देउवामाथि परेको संकटको बेला नेतृत्वलाई बचाएर जाने । दोस्रो : सभापति देउवाले कार्यवाहक सभापतिका रुपमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी प्रदान गर्ने । तेस्रो : सबै पदाधिकारी एवं केन्द्रीय सदस्यले राजीनामा दिएर एक जनालाई संयोजक…






