Skip to main content

धनगढी न्यूज

अत्तरियास्थित डीडीसी कार्यालयको तालाबन्दी खुलेपछि किसानलाई दूधको भुक्तानी सुरु

Advertisement

चार महिनादेखि अवरुद्ध भएको दुग्ध विकास संस्थान (डीडीसी) अत्तरिया कार्यालयको गतिविधि पुनः सञ्चालनमा आएको छ

धनगढी । चार महिनादेखि अवरुद्ध भएको दुग्ध विकास संस्थान (डीडीसी) अत्तरिया कार्यालयको गतिविधि पुनः सञ्चालनमा आएको छ। जेठ ८ गतेदेखि स्थानीयको विरोधका कारण लगाइएको तालाबन्दी मंगलबार हटेपछि आज (बुधबार) बाट किसानलाई दूधको भुक्तानी सुरु गरिएको छ।

डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईका अनुसार पहिलो चरणमा करिब डेढ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिनेछ। उनले बिदाको दिन परे पनि भुक्तानीको काम रोकिने छैन भन्दै माघ महिनादेखि बाँकी रहेको करिब साढे ६ करोड रकम क्रमशः भुक्तानी गरिने जानकारी दिए।

हाल डीडीसीले कैलाली, कञ्चनपुर र डडेल्धुराबाट ५९ सहकारी, समूह तथा फार्ममार्फत दूध संकलन गर्दै आएको छ। अत्तरियामा वैशाखदेखि असोजसम्म दैनिक  २ हजार ५ सयदेखि ३ हजार लिटर दूध संकलन हुने र कार्तिकदेखि चैतसम्म दैनिक ६,५०० लिटरभन्दा बढी दूध संकलन हुने गरेको छ।

डीडीसीलाई धनगढी सार्ने निर्णयको विरोधमा स्थानीयले तालाबन्दी गरेका थिए। तर, केन्द्रीय कार्यालयले तत्काल स्थानान्तरण नगर्ने आश्वासनसहित पत्र पठाएपछि सर्वदलीय सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने सहमति गरेको हो। बैठकमा गोदावरी नगर प्रमुख, डीडीसी व्यवस्थापक, संघर्ष समिति, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता थियो।

संघर्ष समितिका संयोजक लोक राज पाण्डेका अनुसार बैठकले दसैँअघि किसानको सम्पूर्ण भुक्तानी गर्ने र गोदावरी नगरपालिकाले डीडीसीको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...