Skip to main content

धनगढी न्यूज

अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

Advertisement

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ।

स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे  पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो।

घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको छ।

गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको पेन्सिलभेनियाका प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसले बिबिसीलाई बताएका छन्।

गम्भीर घाइते भएका दुई प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ।

प्रहरी अधिकारीहरुको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय भएको छ।

घटनाबारे पनि प्रहरीले विस्तृत अनसन्धान गरिरहेको छ।सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...