Skip to main content

धनगढी न्यूज

Day: September 18, 2025

अमेरिकासँग व्यापार वार्तामा प्रगति भएपछि चीनले रोक्यो गुगल माथिको अनुसन्धान

अमेरिकासँग व्यापार वार्तामा प्रगति भएपछि चीनले रोक्यो गुगल माथिको अनुसन्धान

ट्रम्प र सीले शुक्रबार फोनमा कुरा गर्न चीनले अमेरिकी कम्पनी गुगलमाथि चलिरहेको प्रतिस्पर्धा विरोधी अभ्यासको (एन्टीट्रस्ट) अनुसन्धान रोकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काउने संकेत देखिएपछि चीनले गुगलमाथि अनुसन्धान थालेको थियो। तर दुई महाशक्ति राष्ट्र टिकटकको बिक्री लगायत व्यापारिक विषयमा सहमति नजिक पुगेपछि चीनले गुगल माथिको अनुसन्धान रोकेको भनेर सो निर्णयबारे जानकार दुई व्यक्तिलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ। चीनको बजार नियमनका लागि राज्य प्रशासन नामको निकायले गुगल विरूद्धको प्रतिस्पर्धा अनुसन्धानलाई रोकेको हो। फेब्रुअरीमा औपचारिक रूपमा सुरू भएको यो अनुसन्धान मुख्यतया सो कम्पनीको एन्ड्रोइड अपरेटिङ सिस्टमको वर्चश्व र यसले साओमी र ओप्पो लगायत चिनियाँ फोन कम्पनीमा पारेको असरमा केन्द्रित…
Read More
धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

धनगढी : विभागले यातायात कार्यालय, धगनढीका लागि १८ हजार एक सय बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू पठाएको थियो। यातायात विभागको समूह भदौ २५ गते धनगढी आउने र इम्बोस नम्बर प्लेटको विषयमा प्रशिक्षण तथा छलफल गर्ने कार्यक्रम थियो। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट इम्बोस नम्बर प्लेटहरू वितरणको तयारी गरेको थियो। तर, भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा १८ हजार एक सय वटा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू ध्वस्त भएका छन्। यातायात कार्यालय, धनगढीका प्रमुख भूवन जोशीले १८ हजार एक सय बढीको सङ्ख्यामा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू जलेका बताए। उनले भने, ‘हामीसँग १८…
Read More
अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे  पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो। घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको छ। गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको पेन्सिलभेनियाका प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसले बिबिसीलाई बताएका छन्। गम्भीर घाइते भएका दुई प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ। प्रहरी अधिकारीहरुको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय भएको छ। घटनाबारे पनि प्रहरीले विस्तृत…
Read More
बालेनको समर्थनमा बन्नसक्छ जेनजीको नयाँ दल

बालेनको समर्थनमा बन्नसक्छ जेनजीको नयाँ दल

  २ असोज, काठमाडौं । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ चुनाव मिति घोषणा भएको छ । तर, दुईदिनमै सत्तापलट गराउने जेनजी आफैं चाहिँ चुनावपछिको परिस्थिति कस्तो होला भन्नेमा अन्यौलग्रस्त देखिन्छन् । ‘६ महिनामा चुनाव गराउने भन्ने छ, तर धेरै जेनजीसँग मतदाता परिचय पत्र नै छैन’, होटल म्यानेजमेन्ट पढिरहेका २२ वर्षीय विद्यार्थी राज खड्का भन्छन्, ‘त्यसले हामी चुनावमा पछि पर्लाउँ कि वा कतै पुरानै पार्टी पो फर्किएलान् कि भन्ने चिन्ता छ ।’ मतदाता परिचय पत्र बनाउने काम त व्यवस्थापन होला, तर जेनजी प्रतिनिधि कुन दलबाट सदनसम्म पुग्लान् र आफूले चाहे जस्तो सरकार चलाएर देखाउलान् भन्ने…
Read More
धनगढीमा सुपथ मूल्य पसलबाट चाडपर्वमा राहत

धनगढीमा सुपथ मूल्य पसलबाट चाडपर्वमा राहत

धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सो कार्यालयले सुपथ मूल्यको सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्यको सहुलियत पसलबाट उपभोक्तालाई विभिन्न प्रकारको चामल र चिनीप्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गर्ने कार्य भइरहेको प्रमुख दीपक थापाले बताए । उनका अनुसार प्रतिकेजी ६२ रुपियाँ पर्ने अरुवा मोटा चामल ५७ र प्रति केजी ८८ रुपियाँ पर्ने जिरा मसिनो चामल ८३ रुपियाँमा बिक्री भइरहेको छ । २५ केजीको अरुवा मोटा चामल प्रतिबोरा एक हजार ४२५ र जिरा मसिनो चामल प्रतिबोरा…
Read More
‘चाडपर्व छोडेर काम खोज्न भारत’

‘चाडपर्व छोडेर काम खोज्न भारत’

कञ्चनपुर: हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किँदै छन्। सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ। हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ। विज्ञापन चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन्। परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका–२ का…
Read More