Skip to main content

धनगढी न्यूज

Day: September 20, 2025

सुनचाँदीका गरगहनासहित काठमाडौंमा तीन जना पक्राउ

सुनचाँदीका गरगहनासहित काठमाडौंमा तीन जना पक्राउ

प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौंको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद १३ हजार रूपैयाँ र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए ।
Read More
कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

धनगढी: जेनजी युवाको प्रदर्शनका क्रममा तोडफोड र आगजनीपछि अवरुद्ध बनेका कैलालीका विभिन्न सरकारी कार्यालयले आफ्नो सेवा प्रवाह पुनःसञ्चालन गरेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासनसहित अन्य कार्यालयले सेवा प्रवाहलाई आंशिक रूपमा सुरु गरेका हुन्। सेवा अवरुद्ध बनेका कतिपय कार्यालयले सेवा सञ्चालन गर्ने तयारी गरिरहेका छन्। आन्तरिक राजस्व कार्यालयले बिहीबारदेखि कार्यालय परिसरमा करदातालाई दिनुपर्ने अत्यावश्यक सेवा सुरु गरेको छ। कार्यालयका प्रमुख कर अधिकृत मोहनसिंह बस्नेतले कार्यालय परिसरमा रहेको टहरोबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिए। विज्ञापन जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले यहाँका सरकारी निकायमा भएको भौतिक क्षतिको यकीन विवरण तयार पार्न सहरी आवास तथा भवन कार्यालयमार्फत काम अघि बढाइएको…
Read More