Skip to main content

धनगढी न्यूज

घटस्थापनासँगै सुरु भयो बडादसैँ : टीका, फूलपाती र पूजा-आराधनाको तयारी

Advertisement

आजदेखि हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्वको पहिलो दिन घटस्थापना विधिपूर्वक घरघरमा मनाइँदैछ

 धनगढी । आजदेखि हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्वको पहिलो दिन घटस्थापना विधिपूर्वक घरघरमा मनाइँदैछ ।

बिहानै नित्यकर्म पूरा गरी नदी वा चोखो स्थानबाट ल्याइएको माटोमा गाईको गोबरले लिपपोत गरी कलश स्थापना गरेर जौ रोप्ने परम्परा छ । यसलाई जमरा राख्ने भनिन्छ । विजया दशमीका दिन देवी दुर्गालाई चढाएर टीका प्रसाद र जमरा ग्रहण गरिन्छ ।

दुर्गा पक्षभर देवीका नौ रूपको विशेष पूजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ । यिनैलाई नवदुर्गा भनिन्छ ।

धर्मशास्त्रीहरूका अनुसार दुर्गा पूजाले असत्य र आसुरी प्रवृत्तिमाथि सत्य र दैवी शक्तिको विजयको प्रतीकलाई बल मिल्छ । यस कारण दसैँलाई कुनै जात वा धर्म विशेषले मात्र नभई सम्पूर्ण मानव जातिले मनाउने पर्व मानिन्छ ।

यसैबीच, समितिले यस वर्ष फूलपाती कात्तिक ४ गते बिहान ९ः३५ बजे भित्र्याउने साइत रहेको जनाएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा, विशेष चण्डीपाठ र देवी स्तोत्र-स्तोतिको वाचन गर्ने चलन छ ।

टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसै दिन बिहान ९ः२३ बजे देवी विसर्जन गर्ने साइत रहेको पनि समितिले उल्लेख गरेको छ । घटस्थापनाको साइत आज बिहान ९ः१३ मिनेटमा परेको थियो ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...