Skip to main content

धनगढी न्यूज

Day: September 22, 2025

दसैँ यात्रामा बर्सेनिको सास्ती : सडकको छैन भर, हवाई भाडा डबल

दसैँ यात्रामा बर्सेनिको सास्ती : सडकको छैन भर, हवाई भाडा डबल

काठमाडौँ । सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ । उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या हरेक वर्ष करिब उस्तै हुन्छ, त्यस्तै हुन्छ यात्राको कष्ट पनि । देशभरका धेरै सडकको अवस्था बेहाल छ । दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा ‘डबल’ हुन्छ । यसरी यात्रुहरू दोहोरो मारमा पर्नु हरेक दसैँको नियति नै हो । अरनिको राजमार्ग र मुग्लिङ–नारायणगढ सडकखण्डमा हालै पहिरोले अवरोध गर्‍यो । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्ग, मुग्लिङ–नारायणगढ सडकखण्ड लगायतका मुख्य लाइफलाइनहरू सामान्य वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । पहिरो, सडक भासिने र…
Read More
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

६ असोज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् । आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ ।…
Read More
घटस्थापनासँगै सुरु भयो बडादसैँ : टीका, फूलपाती र पूजा-आराधनाको तयारी

घटस्थापनासँगै सुरु भयो बडादसैँ : टीका, फूलपाती र पूजा-आराधनाको तयारी

आजदेखि हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्वको पहिलो दिन घटस्थापना विधिपूर्वक घरघरमा मनाइँदैछ  धनगढी । आजदेखि हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्वको पहिलो दिन घटस्थापना विधिपूर्वक घरघरमा मनाइँदैछ । बिहानै नित्यकर्म पूरा गरी नदी वा चोखो स्थानबाट ल्याइएको माटोमा गाईको गोबरले लिपपोत गरी कलश स्थापना गरेर जौ रोप्ने परम्परा छ । यसलाई जमरा राख्ने भनिन्छ । विजया दशमीका दिन देवी दुर्गालाई चढाएर टीका प्रसाद र जमरा ग्रहण गरिन्छ । दुर्गा पक्षभर…
Read More
सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

  कञ्चनपुरः सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभुत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ। यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभुत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ। सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ। २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरेर यहाँ आउनु भएका लोकबहादुर थापा मगर यहाँ अनेक दुःख झेल्नु परेको बताउछन्। “यहाँको मुख्य समस्या सडक हो। सडक नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन”, उनले भने, “बिरामी हुँदा उपचारका लागि निकै समस्या छ।” बस्तीमा खानेपानीको सुविधा छैन। विज्ञापन गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा…
Read More