Skip to main content

धनगढी न्यूज

गौरीफन्टा नाकामा कडा चेकजाँच, परिचय खुल्ने कागजात अनिवार्य

Advertisement

धनगढीः गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाइ गरेको छ।एसएसबीले चेकजाँच कडा पारेपछि दसैंको किनमेलका लागि सीमावर्ती बजार वनगाव जान समस्या भएको छ। कैलाली र कञ्चनपुरको पुनर्वास क्षेत्रका स्थानीय किनमेलका लागि गौरीफन्टा नाका हुँदै वनगाव र पलिया जाने गर्छन्। तर अहिले भारतीय प्रहरी र कस्टमका कर्मचारीले चेकजाँचमा कडाइ गर्न थालेपछि नेपाली उपभोक्ताले सास्ती खेप्नु परेको गुनासो गरेका छन्।

नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू सस्तो मूल्यमा सामान पाउने लालसा बोकेर भारतीय बजार जाने गर्छन्। तर जाँदा र आउँदासमेत सुरक्षा चेकजाँचका नाममा दुःख दिन थालिएको उनीहरूले बताएका छन्।

मङ्गलवार डोकेबजारमा भेटिएकी धनगढीको विशालनगर घर बताउने संगीता धामीले जाँदा र आउँदा नाकामा सास्ती भोग्नु परेको बताइन्। उनले एसएसबीले नागरिकता माग्ने गरेको र लाइन लगाएर सामान खानतलासी गरेको बताइन्।

यस्तै, सीमा क्षेत्रमै भेटिएका अतरिया घर बताउने प्रेमबहादुर साउँदले मोटरसाइकलको कागजपत्रदेखि नागरिकता समेत देखाउनु परेको बताए। उनले फर्किदासमेत कस्टमको कर्मचारीले अनावश्यक सामान चेकजाँच गरेर दुःख दिएको बताए।

गौरीफन्टा नाकामा भारतीय एसएसबीले पैदलयात्री, साइकयात्री र दुई पाङ्ग्रे सावारी लगेर जानेहरूलाई लाइन लागएर चेकजाँच गरेपछि मात्रै जान दिने गरेको छ।

वनगाव बजारमा आउँदा र जाँदा चेकजाँचमा कडाइ हुन थालेपछि नेपाली उपभोक्ताले समस्या भएको बताएका छन्। भारतीय एसएसबीले नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र जस्ता परिचय खुल्ने प्रमाणपत्र नभएको व्यक्तिलाई भारत प्रवेश गर्न दिएको छैन। भारतको सीमावर्ती बजारसम्म जानसमेत अनिवार्य पहिचान खुल्ने कागजपत्र साथमा बोकेको हुनुपर्ने नत्र एसएसबीले भारतीय भूमिमा प्रवेश गर्न रोक लगाएको छ।दिनेश खाबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...