Skip to main content

धनगढी न्यूज

Day: September 23, 2025

गौरीफन्टा नाकामा कडा चेकजाँच, परिचय खुल्ने कागजात अनिवार्य

गौरीफन्टा नाकामा कडा चेकजाँच, परिचय खुल्ने कागजात अनिवार्य

धनगढीः गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाइ गरेको छ।एसएसबीले चेकजाँच कडा पारेपछि दसैंको किनमेलका लागि सीमावर्ती बजार वनगाव जान समस्या भएको छ। कैलाली र कञ्चनपुरको पुनर्वास क्षेत्रका स्थानीय किनमेलका लागि गौरीफन्टा नाका हुँदै वनगाव र पलिया जाने गर्छन्। तर अहिले भारतीय प्रहरी र कस्टमका कर्मचारीले चेकजाँचमा कडाइ गर्न थालेपछि नेपाली उपभोक्ताले सास्ती खेप्नु परेको गुनासो गरेका छन्। विज्ञापन नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू सस्तो मूल्यमा सामान पाउने लालसा बोकेर भारतीय बजार जाने गर्छन्। तर जाँदा र आउँदासमेत सुरक्षा चेकजाँचका नाममा दुःख दिन थालिएको उनीहरूले बताएका छन्। मङ्गलवार डोकेबजारमा भेटिएकी धनगढीको विशालनगर घर बताउने संगीता धामीले जाँदा र…
Read More
सिरहामा अपहरणमा परेका बालकको हत्या

सिरहामा अपहरणमा परेका बालकको हत्या

७ असोज, जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो । घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए । परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट…
Read More
सुदूरपश्चिम सरकारविरुद्ध १६ सय ९६ उजुरी, सबैभन्दा धेरै कैलालीबाट

सुदूरपश्चिम सरकारविरुद्ध १६ सय ९६ उजुरी, सबैभन्दा धेरै कैलालीबाट

सुदूरपश्चिम प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा १ हजार ६९६ उजुरी परेका छन्  धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा १ हजार ६९६ उजुरी परेका छन्। आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार महेन्द्रनगरस्थित कार्यालयमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै ४०४ उजुरी कैलालीबाट परेका छन् भने सबैभन्दा कम ११० उजुरी डडेल्धुराबाट दर्ता भएका छन्। कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी दर्ता भएका छन्। अख्तियारका अनुसार ती उजुरीमध्ये ६४ मा विस्तृत अनुसन्धान भइरहेको छ। अनियमितता पुष्टि भए विशेष…
Read More
विद्यालय पुग्न दुई घण्टा पैदल

विद्यालय पुग्न दुई घण्टा पैदल

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन्। यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन्। ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउछन्। “गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ”, उनले भने, “वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ।” विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताए। विज्ञापन उनले भने, 'एक्लै आवतजावत गर्न सकिँदैन। धेरैपटक त बाटोमा खोला तर्न…
Read More