Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम सरकारविरुद्ध १६ सय ९६ उजुरी, सबैभन्दा धेरै कैलालीबाट

Advertisement

सुदूरपश्चिम प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा १ हजार ६९६ उजुरी परेका छन्

 धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा १ हजार ६९६ उजुरी परेका छन्।

आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार महेन्द्रनगरस्थित कार्यालयमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै ४०४ उजुरी कैलालीबाट परेका छन् भने सबैभन्दा कम ११० उजुरी डडेल्धुराबाट दर्ता भएका छन्। कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी दर्ता भएका छन्।

अख्तियारका अनुसार ती उजुरीमध्ये ६४ मा विस्तृत अनुसन्धान भइरहेको छ। अनियमितता पुष्टि भए विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिवेदनले प्रदेश सरकारविरुद्ध आएका उजुरीमध्ये वन तथा वातावरणसम्बन्धी सबैभन्दा बढी भएको देखाएको छ। गत वर्षबाट सरेका २५ सहित यो क्षेत्रका २६५ उजुरी दर्ता भए पनि २१२ उजुरी फछ्र्योट भइसकेका छन्। त्यस्तै भौतिक पूर्वाधार तथा यातायातसम्बन्धी ४० उजुरीमध्ये २९ फछ्र्योट भएका छन्।

प्रदेश स्वास्थ्यमा ४३, खानेपानीमा ४१, सिँचाइमा ३९, कृषि क्षेत्रमा १८, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध ११, खेलकुद तथा सामाजिक विकासमा ६ र शहरी विकाससम्बन्धी ११ उजुरी दर्ता भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, प्रदेश उद्योग, ऊर्जा, लोक सेवा, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा पनि अनियमितता भएको भन्दै उजुरी परेका छन्।धनगढी खाबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...