Skip to main content

धनगढी न्यूज

पर्यटन, कृषि र उद्योग प्रवर्द्धनका लागि धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव

Advertisement

धनगढी: सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित १९ औं संस्करणको सुदूरपश्चिम महोत्सव, २०८२ आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी–१ पशुपति टोलमा आयोजना हुने भएको छ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए। उनका अनुसार, यस वर्षको महोत्सवलाई ‘समृद्ध सुदूरपश्चिम निर्माण अभियान’ अन्तर्गत भव्य र व्यवस्थित रूपमा आयोजना गरिँदैछ।

महोत्सवमा कृषि, उद्योग, हस्तकला, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल तथा घरेलु उत्पादनसम्बन्धी ५०० भन्दा बढी स्टलहरू रहनेछन्। तीमध्ये स्थानीय उत्पादन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न १५ र कृषिका लागि ४० सहित ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ।

संघका अनुसार बालबालिका, युवा र परिवारका लागि विशेष मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद गतिविधि तथा सांस्कृतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन्। सामान्य दर्शकका लागि प्रवेश शुल्क  एक सय रुपैयाँ तोकिएको छ भने विद्यार्थी र खेलाडीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। ७० वर्षमाथिका जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरूका लागि भने प्रवेश निःशुल्क रहनेछ।

अध्यक्ष ओझाले सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक सम्भावनालाई देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। “महोत्सवले प्रदेशको पर्यटन, कृषि र उद्योग क्षेत्रमा नयाँ लगानी र अवसर ल्याउने विश्वास लिइएको छ,” उनले भने।

महोत्सव सफल बनाउन संघले सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायी र आम नागरिकसँग सहकार्यका लागि आग्रह गरेको छ। संघले सुदूरपश्चिम महोत्सव २०८२ ले प्रदेशको पहिचानलाई थप सबल पार्दै सुदूरपश्चिमलाई आर्थिक रूपमा सशक्त बनाउने दिशा लिने विश्वास गरेको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...