Skip to main content

धनगढी न्यूज

Day: November 3, 2025

फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?

फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?

मान्यवर खड्ग प्रसाद ओलीको बायोग्राफी लेखियो भने उहाँको जीवनका अत्यन्त महत्त्वपूर्ण दुइटा विषय हुनेछन् । पहिलो, बयलगाडाको यात्रा । दोस्रो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध । नेपाली समाजमा विगत ३५ वर्षदेखि ठुला–ठुला पार्टीहरूले हुकुम चलाउँदै आएका हुन् । १८–१९ वर्षदेखि विराट विद्रोहबाट आएको पार्टी पनि त्यसमा सामेल भएको हो । जेनजीको विद्रोहपछि इतिहासको यो सम्पूर्ण उतार–चढावबिच दुईथरी परिघटना भए । जसको हामी चर्चा गरिरहेका छौँ । भ्रष्टाचार भयो । कुशासन भयो । नातावाद भयो । समाजमुनि ज्वालामुखीको आगो त बलिरहेकै थियो । मान्यवर खड्ग प्रसाद ओलीले विवेकपूर्वक, अविवेकपूर्वक नयाँ पुस्ताको संवेदना, त्यसका आकांक्षा, त्यसका लक्ष्यहरूको कुनै पर्बाह नगरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि…
Read More
कथा भनेर समाजको उपचार खोज्ने डाक्टर

कथा भनेर समाजको उपचार खोज्ने डाक्टर

एकचोटि कल्पना गर्नुहोस् त — एक आमाले नवजात शिशुलाई स्तनपान गराउने प्रयास गर्दैछिन्। तर यो संसारमा अहिलेसम्म जति आमाहरूले स्तनपान गराएका छन्, ती सबैभन्दा यो घटना फरक छ। कारण — बच्चाका ओठ खुल्दैनन्। उसको मुटु चल्दैन, फोक्सो फुल्ने–सुक्ने गर्दैन। उसको शरीर निलो भइसकेको छ। अनि सबभन्दा महत्त्वपूर्ण कुरा — डाक्टरले शिशुलाई पहिल्यै मृत घोषणा गरिसकेका छन्। शिशु जन्मेर बितेको पनि होइन, बितेरै जन्मेको छ। यो सब बुबालाई थाहा छ, आमालाई पनि थाहा छ। तर नौ महिनासम्म जसलाई आफैभित्र राखेर हुर्काएकी थिइन्, त्यसलाई बिना प्रयास सधैंका लागि गुमाउन आमा तयार छैनन्। उनको हृदयमा कतै एउटा धमिलो आशाको बत्ती बलिरहेको छ — कतै चमत्कार भई पो हाल्छ कि? जुन…
Read More
११ लाखको जागिर छोडेर दुबईमा १ अर्बको कम्पनी

११ लाखको जागिर छोडेर दुबईमा १ अर्बको कम्पनी

काठमाडौं । कमल चौधरी (४६) ले वैदेशिक रोजगारीमा जाउँला, मनग्ये पैसा कमाउँला अनि विदेशी भूमिमा आफ्नै कम्पनी खोलेर अरूलाई रोजगारी दिउँला भन्ने कहिल्यै सोचेका थिएनन् । उनको बाल्यकालदेखिकै सपना त चार्टर्ड एकाउन्टेन्ट (सीए) पढेर कुशल एकाउन्टेन्ट बन्ने र स्वदेशमै रमाउने पो थियो । सपना देख्दैमा सबै कहाँ पूरा हुन्छ र ? कमलको जीवन पनि नसोचेको दिशातर्फ मोडियो । घरको आर्थिक अवस्थाले सीए पढ्न पाएनन् । नियतिले वैदेशिक रोगजारीमा जान बाध्य बनायो । जब कमल कतार पुगे, त्यहाँ उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गए । सामान्य लेखापालको रूपमा कतार पुगेका उनी ठूल्ठूला कम्पनीमा काम गर्ने अवसर पाए । अर्काको कम्पनीमा…
Read More
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन्। अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्दै वार्षिक रु १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन्। खर्च कटाएर उहाँले वर्षमा झण्डै रु १० लाख नाफा कमाउने गरेका छन्। विज्ञापन रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उहाँको भनाइ छ। पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताए। महेन्द्रनगर…
Read More
एक रातको जीवन बाँच्ने बैंसालु फूल

एक रातको जीवन बाँच्ने बैंसालु फूल

चकमन्न मध्यरात । प्राणी जगत चिर निद्रामा छ । सूर्य विपरीत ध्रुवमा छ । हावाको चाल सुस्त छ । धेरैका लागि यो ऐठन पार्ने समय पनि हो । तर एउटा फूल आफ्नो बैंसको उत्कर्षमा गइरहेको छ । उसले आफ्नो आसपास लठ्ठै पार्ने सुवास सुस्तरी छर्दैछ । जो चाँडै हावामा कतै विलय हुनेवाला छ । सायद आसपासकै अन्य बोटबिरुवाहरूलाई थाहा छैन, ऊ एउटा अनमोल सौन्दर्य जन्माइरहेको छ । भेउ पनि कसरी पाउन्, उनीहरूको चक्र फरक छ । जीवन फरक छ। ऊ एउटा कुनै रहस्यभन्दा कमको छैन । ऊ एक रातमै फुल्छ । फुलेको केही घण्टामै कसैको पर्वाह नगरी झरिदिन्छ । त्यो…
Read More
पर्यटन, कृषि र उद्योग प्रवर्द्धनका लागि धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव

पर्यटन, कृषि र उद्योग प्रवर्द्धनका लागि धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव

धनगढी: सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित १९ औं संस्करणको सुदूरपश्चिम महोत्सव, २०८२ आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी–१ पशुपति टोलमा आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए। उनका अनुसार, यस वर्षको महोत्सवलाई ‘समृद्ध सुदूरपश्चिम निर्माण अभियान’ अन्तर्गत भव्य र व्यवस्थित रूपमा आयोजना गरिँदैछ। विज्ञापन महोत्सवमा कृषि, उद्योग, हस्तकला, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल तथा घरेलु उत्पादनसम्बन्धी ५०० भन्दा बढी स्टलहरू रहनेछन्। तीमध्ये स्थानीय उत्पादन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न १५ र कृषिका लागि ४० सहित ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ।…
Read More