Skip to main content

धनगढी न्यूज

धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ

Advertisement

धनगढी : धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। धनगढी उपमहानगरपालिका–७ को मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो।

पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ताल व्यवस्थापनका साथै पर्यटन गतिविधि अगाडि बढाइएपछि औपचारिक रूपमा सञ्चालनमा नआउँदै ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। धनगढी–७, देवहरियामै रहेको जाखोर ताल घुमफिर र पर्यटन गतिविधि सञ्चालनका लागि बन्द गरिएपछि त्यसको केही दुरीमै रहेको चन्द्रमुखी तालमा दैनिक धेरै मानिस पुगिरहेका छन्। तालमा बोटिङ र पिङ सञ्चालन गरिएको छ। बोटिङ, घुमफिर गर्न र तालको बिच भागमा टापु बनाएर राखिएको पिङमा रमाउनका लागि पर्यटकको चहलपहल हुने गरेको छ ।

एक दशमलव शून्य आठ हेक्टर क्षेत्रफल रहेको यो तालमा पर्यापर्यटन सम्बन्धी गतिविधि सञ्चालनका लागि मनहेरा सामुदायिक वन उपभोक्ता समूहले वनकै उपभोक्ता लोकेन्द्र विष्टलाई ठेक्कामा दिएको छ। सामुदायिक वनको भेलाले गरेको निर्णय अनुसार ठेक्कामा ताल दिएको मनहेरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका–७ का वडाध्यक्ष मोती रानाले बताए।

ताल वरिपरि ब्लक राखेर पदमार्ग बनाइनुका साथै तालको बिच भागमा जानका लागि पुल निर्माण गरिएको छ । राष्ट्रपति चुरे संरक्षण बोर्ड र सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइबाट बजेट माग गरेर ताल वरिपरि व्यवस्थापन गरेको अध्यक्ष रानाले बताए। सरकारको २० प्रतिशत र आफ्नो व्यक्तिगत ८० प्रतिशत लगानीमा व्यवस्थापन र संरचना निर्माण गरेर तालमा पर्यापर्यटनको गतिविधि अगाडि बढाएको सञ्चालक विष्टले बताए। उनले आठ महिनासम्म वनसम्बन्धी ऐन र नियमावली अध्ययन गरेर मात्रै आफूले यसमा हात हालेको बताए।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...