Skip to main content

धनगढी न्यूज

Day: November 5, 2025

नेपाली कम्युनिस्ट पार्टीले अनुमोदन गर्‍यो ९ प्रस्ताव

नेपाली कम्युनिस्ट पार्टीले अनुमोदन गर्‍यो ९ प्रस्ताव

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकता सम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ । बुधबार भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनबाट निर्णय भएको ९ वटा प्रस्ताव नेता वर्षमान पुनले पढेर सुनाएका हुन् । संयुक्त राष्ट्रिय सम्मेलनले घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरेको छ । प्रस्तावहरू : १. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ । २. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ । ३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ । ४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने…
Read More
प्रचण्ड-माधवलाई वामदेवको प्रश्न– प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन भएन?

प्रचण्ड-माधवलाई वामदेवको प्रश्न– प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन भएन?

१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन्। काठमाडौंमा जारी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले संविधानमै गरिएको व्यवस्था कार्यान्वयनका लागि किन काम नगरेको भन्दै प्रश्न गरेका हुन्। ‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मायन्तामा आधारित समृद्ध समाजवाद निर्माण गरिनेछ। आज कति वर्ष भयो? हामी कतिपटक प्रधानमन्त्री भयौं? हामीले कतिपटक प्रधानमन्त्री–मन्त्री बनायौं?’ उनले प्रश्न गरे, ‘संविधानले प्रस्तावनामै व्यवस्था गरेको त्यो चरित्रको समाजवाद निर्माण किन भएन, प्रयास गर्नु भयो कि भएन अहिले जवाफ दिनुहोला।’ उनले संविधानमा लेखिएका कुरा…
Read More
जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी

जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी

विशेष अदालतले काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ। अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो। अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ  क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए। 'हामीले तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,' स्रोतले भन्यो, 'अब आगजनी तथा तोडफोड गर्नेहरू खोजेर कारबाही गर्छ।' भदौ २३ गते ३ बजेतिर अदालतको भवनमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए। आगजनी भएको भवन र सामग्रीको मूल्यांकन गरेर क्षति रकम अनुमान गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। जिल्ला प्रहरी परिसरले पनि जाहेरी आएको र अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए। सेतोपाटी बाट साभार…
Read More
धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ

धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ

धनगढी : धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। धनगढी उपमहानगरपालिका–७ को मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो। पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ताल व्यवस्थापनका साथै पर्यटन गतिविधि अगाडि बढाइएपछि औपचारिक रूपमा सञ्चालनमा नआउँदै ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। धनगढी–७, देवहरियामै रहेको जाखोर ताल घुमफिर र पर्यटन गतिविधि सञ्चालनका लागि बन्द गरिएपछि त्यसको केही दुरीमै रहेको चन्द्रमुखी तालमा दैनिक धेरै मानिस पुगिरहेका छन्। तालमा बोटिङ र पिङ सञ्चालन गरिएको छ। बोटिङ, घुमफिर गर्न र तालको बिच भागमा टापु बनाएर राखिएको पिङमा रमाउनका लागि पर्यटकको चहलपहल हुने गरेको छ । विज्ञापन एक दशमलव शून्य…
Read More
साँफेमा वारुण यन्त्रको विकल्प बनेका जेसीबी, ‘पर्भाली गाड’ र ‘माँझी कुलो’

साँफेमा वारुण यन्त्रको विकल्प बनेका जेसीबी, ‘पर्भाली गाड’ र ‘माँझी कुलो’

धनगढी । विपदका समयमा सानो कुलो पनि जीवनरेखा बन्न सक्छ भन्ने पाठ हालै अछामको साँफेबगरमा भएको आगलागीले सिकाएको छ । अछाम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आन्नद सारुका अनुसार बस्ती नजिक रहेका खोला र कुलोको पानीले मान्छेको जीवन बचाउन सकिन्छ भन्ने त्यो एक गतिलो उदाहरण हो । साँफेबगरमा गत शनिबार राति आगलागी भएको थियो । करिब ९ बजे स्थानीय सुमन कुँवरको पसलमा विद्युत् सर्ट भएर लागेको आगोले क्षणभरमै रौद्र रूप लियो । परिणामस्वरुप आसपासका केही पसल जले । अधिकांश संरचना काठबाट बनेका कारण आगो फैलिँदै गएको थियो । वारुण यन्त्र नहुँदा आगलागी नियन्त्रण निकै चुनौतीपूर्ण बन्यो…
Read More
‘जब नेपालीहरूले बाटो चिने, अनि लाग्यो– अब हामी बाँच्छौं’

‘जब नेपालीहरूले बाटो चिने, अनि लाग्यो– अब हामी बाँच्छौं’

तीन जना बेलायती महिलाहरूले एक वर्षअघि नेपालका दुर्गम हिमाली क्षेत्रमा पदयात्रा गर्ने योजना बनाएका थिए। एमिली जेन कोट्स, मेरी रीप र क्याथरिन जेन विल्सनले पदयात्राका लागि भिडभाड कम भएका पदमार्ग खोजे। उनीहरू यस्तो पदमार्गको खोजीमा थिए, जहाँ होटलबाट होटलसम्म, चिया पसलबाट चिया पसलसम्मको यात्रा नहोस्। दुर्गम र कठिन पदमार्ग खोजी गरिरहँदा उनीहरूले बेलायतमै धौलागिरि सर्किट पदयात्रा गरेर फर्किएका एक जना साथी भेटे। ती साथीले सर्किटको नक्सा, पदमार्गको अवस्था र पदयात्राको तालिका दिए। अनि तीनै जनाले ध्यानपूर्वक अध्ययन गरे। नेपालको कठिन पदमार्गमा पर्ने धौलागिरि सर्किटमा होटल र चिया पसल छैनन्। पाँच हजार मिटरभन्दा उच्च हिमाली भञ्ज्याङ, उपत्यका र ग्लेसियर पार गर्नुपर्ने यो पदमार्ग निकै चुनौतीपूर्ण छ। उनीहरूले…
Read More
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

१९ कात्तिक, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए । हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए । प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए । बेवारिसे रुपमा…
Read More
सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

कञ्चनपुर: सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन्। अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरू समस्यामा परेका हुन्। किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए। विज्ञापन रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्नसमेत नआएको उनले बताए। “यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै…
Read More