Skip to main content

धनगढी न्यूज

अंशु गौतम हत्या प्रकरण : शव अस्पतालमा, अनुसन्धान जटिल

Advertisement

२० कात्तिक, विराटनगर । २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् ।

बेपत्ता भएको १८ दिनपछि बेलबारी-चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो । शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।

उनले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरे । डीएनए परीक्षण गर्दा म्याच भयो । शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो ।

प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो । तर प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । क्लु नभेटेका कारण प्रहरी अनुसन्धान जटिल बनेको छ ।

१३ वर्षीय अंशुसँग मोबाइल थिएन । घरदेखि केही पर रहेको पिङसम्म पुगेको छिमेकीले देखेका थिए । २१ असोज बेलुका साढे ५ बजेसम्म उनलाई देख्नेहरू छन् । त्यसपछि कसैले देखेनन् ।

घर नआएपछि राति स्थानीयले खोजी गरे । नभेटेपछि आफन्त प्रहरीसम्म पुगे । सामाजिक सञ्जाल र सोधपुछमार्फत स्थानीय र प्रहरीले खोजी गरे । बेपत्ता भएको १८ दिनपछि जंगलमा दाउरा खोज्नेहरूले सडेको शव भेटेका थिए ।

शवको पोस्टमार्टमपछि प्रहरीले आफन्तलाई बुझाउन सकेको छैन । आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण शव १३ दिनदेखि बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।

मोरङ प्रहरी प्रमुख कवित कटवाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोली खटिएको बताउँछन् । उनका अनुसार शव सडिसकेको र घटनाको प्रकृतिका कारण अनुसन्धानमा जटिलता छ ।

अंशु गौतमको घर ।

‘डीएसपीको कमान्डमा टोली खटिएर अनुसन्धान अघि बढाइरहेको छ । सीआईबी, प्रदेश र जिल्लाको टोलीले सिस्टमेटिक ढंगले काम गरिरहेको छ,’ उनले भने, ‘बलात्कारको प्रुफ मेडिकल्ली गर्ने अवस्था छैन, किनभने १८ दिनको डिकम्पोज बडीको स्रोतबाट पुष्टि हुँदैन ।’

स्थानीयको दाबी भने बलात्कापछि हतियार प्रयोग गरेर हत्या भयो भन्ने छ । शरीर र टाउको छुट्टिनुले शंका बढाएको छ । अंगहरू छुट्टाछुट्टै हुनुको कारण जंगली जनवारको आक्रमण पनि हुनसक्ने प्रहरीको आशंका छ ।

घटनामा संलग्न पक्राउ परेपछि सबै विषय खुल्ने कटवालले बताए । ‘पौने ६ बजेपछि उनी त्यहाँ र कसरी गइन् भन्ने खोजिरहेका छौं,’ उनले भने, ‘त्यसपछिको गतिविधि खोजिरहेका छौं ।’ उनका अनुसार प्रहरीले सोधपुछ र प्रविधि परीक्षणको पनि अध्ययन गरिरहेको छ ।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थिन् । प्रहरी स्रोतका अनुसार उनी बेपत्ता भएको दिन पहिलो पटक महिनावारी भएको १२-१३ दिन भएको थियो । नेपाली समाजमा पहिलो पटक महिनावारी हुँदा कडा रूपमा बार्ने चलन छ ।

‘महिनावारीका भएका कारण मुड स्विङ भएर होला, उनी परिवारसँग कुरा गर्दा बेलाबेला झर्किएको भन्ने कुरा छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यो दिन दिउँसो आमाले काम अराउँदा मानेकी थिइनन् ।’

प्रहरी टोलीले सूक्ष्म रूपमा अनुसन्धानका लागि सो क्षेत्रमा घटना भएको दिन र त्यसपछि सक्रिय रहेका मोबाइल सिग्नलमाथि अनुसन्धान गरिरहेको छ । गाउँ टोलमा आउने र आएका नयाँ मानिसमापछि पनि सोधपुछ गरेको छ । सोधपुछकै क्रममा झुम्का कारागारबाट भागेका एक जना कैदी पक्राउ परेको स्रोतको दाबी छ ।

बालिकाको परिवार, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको छ ।

एक महिनादेखि जारी अनुसन्धान अझै निष्कर्षमा पुगेको छैन । बालिका हराएको सूचनापछि सामान्य रूपमा खोजी गरेको प्रहरीले शव भेटिएपछि विषेश टोली नै परिचालन गरेको छ । तर निष्कर्षमा भने पुग्ने टुङ्गो छैन । प्रहरी उपरीक्षक कटवाल प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका कारण निष्कर्षमा पुग्ने बताउँछन् ।

स्थानीयमा भने कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तै अपराधी नभेटिने हो कि भन्ने चिन्ता छ ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । उनको हत्यामा संलग्न अझै पक्राउ परेका छैनन् । अंशु गौतमको घटना पन्तको जस्तै संवेदनशील रहेको प्रहरी स्रोत बताउँछ ।

‘जतिसक्दो चाँडो अपराधीको खोजतलास गर्नुपर्यो, अपराधि भेटिएन भने भोलि उसको मनोबल बढ्छ,’ लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी पोखरेल निरौलाले भनिन्, ‘प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्नुभएको छ । ढिलासुस्ती हुने हो भने निर्मला पन्तको जस्तै हुन सक्ला भन्ने डर छ ।’

बालिकाको शव भेटिएपछि पालिकालाई बिछिप्त बनाएको बताउँदै उनले पीडित परिवारलाई न्याय दिन आग्रह गरिन् ।अन्लाईन खबर बाट साभर

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...