Skip to main content

धनगढी न्यूज

अवैध टेन्ट व्यवसायीमाथि कडाइ गर्न इभेन्ट एशोसिएसनको माग

Advertisement

धनगढी: सुदूरपश्चिम इभेन्ट एशोसिएसनले अवैध रूपमा टेन्ट र डिजे सञ्चालन गर्ने व्यवसायीमाथि कारबाही गर्न आग्रह गरेको छ । एशोसिएसनले बुधवार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै गैरकानुनी रुपमा चलेका क्याटरिङमाथि कडाइ गर्न आग्रह गरेको हो।

जिल्लाका विभिन्न टोल–टोलमा बिना दर्ता र इजाजत सञ्चालन भइरहेका टेन्ट तथा डिजे व्यवसायका कारण सामाजिक शान्ति भंग हुने र वैधानिक रूपमा व्यवसाय गर्दै आएका सदस्यहरू मारमा परेकको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको हो।
ज्ञापनपत्रमा भनिएको छ, “जिल्लाभित्र अनुमति र दर्ता नलिएका टेन्ट तथा डिजे व्यवसायीहरूले सञ्चालन गरिरहेका कार्यक्रमले सामाजिक विग्रह बढाएको छ । प्रशासनले तुरुन्त निगरानी गरी कारबाही गर्नुपर्छ ।”

 बिना दर्ता सञ्चालन भइरहेका टेन्ट तथा डिजे व्यवसायीहरूलाई तत्काल बन्द गराउनुपर्ने आफूहरूको माग रहेको कृष्णपुर टेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल आर्याले बताए। उनले सामुदायिक वन, आमा समूह, टोल समूहले समेत टेन्ट र डिजेको काम गर्दा आफूहरूलाई समस्या भएको बताए। सरकारी निकायमा दर्ता र स्वीकृति नलिएर टेन्ट र डिजेको काम गर्नेहरूलाई कारबाही गर्नुपर्छ। स्थानीय तह र प्रदेश सरकारबाट अनुदान ल्याउने र टेन्ट तथा डिजे खरिद गरी गैरकानुनी तरिकाले व्यवसाय गर्न थालिएको छ। स्थानीय प्रशासनले यो कुरामा रोक लगाउनुपर्छ,” अध्यक्ष आर्याले भने।

 राति १० बजेपछि हुने कुनै पनि सामाजिक वा सार्वजनिक कार्यक्रममा सरकारी नियम लागू गरिनुपर्ने माग गौरीगङ्गा टेन्ट व्यवसायी संघका अध्यक्ष कलिराम चौधरीको छ। उनले कुनै पनि निकायमा दर्ता नभइ तथा राज्यलाई कुनै कर नतिरी व्यवसाय गर्ने छुट दिन नहुने बताएका छन्। “हामी स्थानीय तह, प्रदेशको घरेलु तथा संघको आन्तरिक राजस्व कार्यालयमा दर्ता भएर राज्यलाई कर तिर्छौँ। गाउँ-गाउँमा अहिले स्थानीय र प्रदेश सरकारबाट बजेट ल्याएर टेन्ट र डिजे खरिद गर्ने र भाडामा दिने गरिएको छ। यो विकृति रोक्नुपर्छ,” चौधरीले भने।

सुदूरपश्चिम इभेन्ट एसोसिएसनका सल्लाहकार विनोद मल्लले इजाजतपत्र बिना सञ्चालनमा आएका टेन्ट र डिजे व्यवसायीहरूले वैधानिक व्यवसायीहरूको रोजगारीमा असर पुर्‍याएको भन्दै आवश्यक कानुनी कदम चाल्न आग्रह गरेका छन्। उनले चर्च, मस्जिद, मन्दिर र क्लबहरूले राज्यको अनुदानबाट टेन्ट र डिजे खरिद गर्दै टेन्ट व्यवसाय चलाउनु गलत भएको बताए। “सरकारको पैसाबाट कुनै पनि ठाउँमा दर्ता नभइ व्यवसाय गर्नु गलत हो, यो रोकिनु पर्छ भन्ने हाम्रो माग हो,” मल्लले भने।

धनगढीको पिङ्की टेन्ट हाउसका सञ्चालक अशोक भगतले गैरकानुनी टेन्ट र डिजे व्यवसायीका कारण वैधानिक रुपमा दर्ता भएर काम गरिरहेका व्यवसायीलाई मर्का परेको बताए। उनले आफूहरूले तीनै तहको सरकारलाई कर तिरेको, कानुनी दायरामा रहेर व्यवसाय गरिरहेकाले अरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए। उनले भने, “हामी जस्तै दर्ता भएर चलाए आपत्ति छैन, तर दर्ता नभइ कतै कर नतरी व्यवसाय गर्न छुट हुनु भएन भन्ने हाम्रो भनाइ हो।”

सुदूरपश्चिम इभेन्ट एसोसिएसनका महासचिव मुकेश रानाले कानुनी रुपमा दर्ता भएका व्यवसायीलाई मर्का हुने गरी त्यहीँ काममा कसैलाई कर नलाग्ने र केहीलाई थरीथरीका कर लगाउन नहुने बताए। उनले कानुन सबैलाई समान लाग्नुपर्ने भन्दै अवैध चलाइएका टेन्ट तथा डिजेहरूलाई नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनले सहयोग गर्नुपर्ने बताए।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...