Skip to main content

धनगढी न्यूज

धनगढी–४ का अध्यक्ष बुद्धि खड्कासहित जनप्रतिनिधिले पोखरा भ्रमणमा उडाए वडाको पाँच लाख बजेट

Advertisement

धनगढी: धनगढी उपमहानगरपालिका–४ का जनप्रतिनिधिहरूले निर्वाचित भएको पहिलो वर्षमै वडाको बजेटबाट करिब पाँच लाख रुपैयाँ भ्रमणमा खर्च गरेको तथ्य सार्वजनिक भएको छ। वडावासीहरूले यसलाई ‘जनताको करको दुरुपयोग र गैरजिम्मेवार खर्च’ भन्दै तीव्र आलोचना गरेका छन्।

आर्थिक वर्ष २०७९/८० मा वडाले भ्रमण शीर्षकमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो रकमबाट वडाध्यक्ष बुद्धि बहादुर खड्का, महिला वडा सदस्य माया कुमारी भण्डारी साउँद, दलित महिला सदस्य गङ्गा देवी बिक, र वडा सदस्य श्याम राज बोहरा पोखरा घुम्न गएका हुन्। भ्रमणमा वडा सदस्य भागीराम चौधरी भने सहभागी थिएनन्।

पोखरा घुमफिर गरेका उनीहरूले भने स्याङ्जा, पाल्पा, बुटवल, भरतपुर र नेपालगञ्जलगायत स्थानमा समेत ‘अध्ययन भ्रमण’ गर्न पुगेको दाबी गरेका छन्।

वडा अध्यक्ष खड्काले उक्त भ्रमण फोहरमैला व्यवस्थापनको अध्ययनका लागि गरिएको दाबी गरेका छन्। तर उनले भ्रमण कति दिनको थियो भन्ने खुलाएका छैनन्।

प्राप्त विवरण अनुसार, एक जना कर्मचारीसहित पाँच जनाको भ्रमणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको थियो। सोमध्ये चार लाख ७१ हजार ४६४ रुपैयाँ खर्च भएको विवरण फेला परेको छ।

भ्रमणका लागि २०८० असार १७ मा वडाको कार्यालय सहयोगी दशीराम चौधरीको नाममा तीन लाख रुपैयाँ पेस्की लिइएको थियो। तर, खर्चको विवरण लामो समय बुझाउन नसक्दा उक्त पेस्की रकम २०८० चैत ३० गते मात्र फर्छ्यौट गरिएको र बाँकी एक लाख ७१ हजार ४६४ रुपैयाँ २०८१ बैशाख १३ गते भुक्तानी गरिएको पाइएको छ।

वडावासीहरूले निर्वाचित जनप्रतिनिधिले विकास योजनामा भन्दा व्यक्तिगत सुविधामा बजेट प्रयोग गर्नु गैरजिम्मेवार कार्य भएको प्रतिक्रिया दिएका छन्।एक स्थानीयले भने, ‘वडाको विकास गर्छौं भनेर निर्वाचित भएका जनप्रतिनिधिले जनताको पैसामा घुमफिर गर्नु अन्यायपूर्ण र अस्वीकार्य छ।’

तर, वडा अध्यक्ष खड्काले भने आफूहरूले ‘भ्रमणपछि फोहरमैला व्यवस्थापन सम्बन्धी सुझाव नगरपालिकामा बुझाएको’ भन्दै खर्च औचित्यपूर्ण भएको दाबी गरेका छन्।

यदि अध्ययनकै लागि  अध्यक्षसहितको टोलीको भ्रमण थियो भने त्यसको प्रतिवेदन र कार्यान्वयन कहाँ भयो त्यसको जानकारी वडावासीलाई हुनुपर्ने माग गरिएको छ।दिनेश खबर बाट साभर

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...