Skip to main content

धनगढी न्यूज

रविको वयान लिइयो, ओली र लेखकको कहिले ?

Advertisement

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार वयान लिएको छ । तर, आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । साथै, उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।

यसै क्रममा नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बिहीबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा झिकाएर वयान लिएको हो । ‘रविलाई रिहाई गर्ने’ पत्रमा ‘गृहसचिवको आदेशअनुसार निर्णय भएको’ उल्लेख थियो । यो पत्र सक्कली ठहरिएमा रविको रिहाई प्रकरणमा गृहसचिव समेत अनुसन्धानमा तानिन सक्ने देखिन्छ ।

हेर्नुहोस् नख्खु कारागारको पत्र

आयोगमाथि प्रश्न : ओलीलाई कहिले बोलाउने ?

सरकारद्वारा गठित जाँचबुझ आयोगलाई नमान्ने र आफू वयान दिनसमेत नजाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक चुनौती दिइसकेका छन् । उनले गौरीबहादुर कार्कीको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् ।

उता जेनजी आन्दोलनकारीहरुले भने भदौ २३ को गोलीकाण्डबारे केपी ओली र रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिनुपर्ने माग राख्दै आएका छन् । यस्तो अवस्थामा कारागारमा रहेका रवि लामिछानेलाई बोलाएर वयान लिएको जाँचबुझ आयोगले अहिलेसम्म ओलीलाई वयानमा बोलाएको छैन ।

जाँचबुझ आयोगले वयानका लागि बोलाएको अवस्थामा पूर्वप्रधानमन्त्री ओली वयान दिन आउलान् कि नआउलान् ? यो हेर्न बाँकी छ । तर, रविको वयान लिइसकेपछि अब ओली र रमेश लेखकको पनि वयान लिइनुपर्ने बहस सामाजिक सञ्जालमा शुरु भएको छ, जसले आयोगमाथि दबाव पर्न गएको छ ।

एकातिर आयोगले भदौ २३ र २४ को घटनाको जाँचबुझ गरिरहेको छ, अर्कातिर प्रहरीले हालसम्म ३७२ जनालाई पक्राउ गरेर १४१ वटा मुद्दा चलाइसकेको छ ।

यसै सन्दर्भमा कारगारमा रहेका रवि लामिछानेको वयान लिएको आयोगले २३ गतेको गोलीकाण्डबारे अहिलेसम्म केपी ओली र रमेश लेखकसँग वयान लिन सकेको छैन । रविलाई वयान लिने तर ओलीको नलिने हो भने ‘चयनमुखी न्याय’ को आशंका जन्मन सक्छ ।

यसैबीच, जाँचबुझ आयोगले नेपाल प्रहरीका आइजीपी चन्द्रकुबेर खापुङलाई भने २३ गतेको गोलीकाण्डबारे स्पष्टीकरण सोधेको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...