Skip to main content

धनगढी न्यूज

फर्कियो नेपाली क्रिकेट टोली

Advertisement

नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।

एक महिनाभन्दा लामो समय विदेश भ्रमणपछि नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको हो।

स्वदेश फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए।

नेपाली टोली असोजको दोस्रो साता युएई पुगेको थियो।

त्यहाँ वेस्ट इण्डिजसँग तीन खेलको टी-२० सिरिज खेलेको थियो।

त्यसमा पहिलो दुई खेल जितेको नेपालले अन्तिम खेल गुमाएको थियो। तर टी-२० सिरिज भने कब्जा गर्न नेपाल सफल भएको थियो।

त्यसपछि नेपाली टोली ओमान प्रस्थान गरेको थियो।

त्यहाँ आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोट खेल्यो।

एसिया छनोटमा नेपालले अपराजित रहँदै विश्वकपमा स्थान पक्का गर्‍यो। समूह चरणका दुई र सुपर सिक्समा पाँच खेल जितेको नेपाल प्रतियोगिताको च्याम्पियन नै बन्यो।

त्यसपछि नेपाली टोली पुनः युएई फर्किएको थियो।

युएईमा आइसिसी विश्वकप लिग-२ को खेलमा अमेरिका र घरेलु टोलीसँग खेल्यो।

दुई देशसँग दुई-दुई खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो।

लिग-२ खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। सेतोपाटी बाट साभार

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...