Skip to main content

धनगढी न्यूज

काँग्रेसका नेता आलमको निधन

Advertisement

रौतहट : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। शनिबार बिहान काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ६० वर्षीय आलमको निधन भएको राजपुर नगरपालिकाका नगरप्रमुख तथा उनको छोरा राजिक आलमले जानकारी दिए।

 

 

गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६० वर्षीय आलमलाई विगत केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि केही दिनअघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो। तर चिकित्सकले घरमै राखेर उपचार गर्न सुझाव दिएपछि उनलाई पुनः नेपाल ल्याइएको थियो।

रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेश र मुस्लिम समाजको प्रभावशाली नेतृत्वको रूपमा स्थापित नेता थिए। उनी २०५६ र २०६४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वास जितेसँगै उनले केही समय श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाए।

राजनीतिमा संगठन विस्तार र कार्यकर्ता परिचालनमा माहिर मानिने आलमले रौतहटमा कांग्रेसको आधार मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए।

२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि उनी कारागार चलान भए। यो मुद्दामा उनी करिब ६ वर्षसम्म जेलमा रहे। उच्च अदालतले गत जेठमा उहाँलाई रिहा गरेको भए पनि उक्त मुद्दाको अन्तिम निर्णय भने अझै भएको छैन।

कारागारमा रहँदा उनको स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएको थियो। मृगौला, मस्तिष्क र पाचनसम्बन्धी समस्या देखिएपछि पटकपटक विभिन्न अस्पतालमा उपचार गरिएको थियो।

उनको पार्थिव शरीर काठमाडौंबाट रौतहट ल्याउने तयारी भइरहेको छ।थाहा खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...