Skip to main content

धनगढी न्यूज

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

Advertisement

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्।

नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए।

नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भइरहेको थियो।

सोही क्रममा आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले संयोजक रावलसँग भेटवार्ता गरेका थिए।

उक्त छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन आग्रह गरेका थिए।

‘भीम रावलजीसँग छलफल सकारात्मक रह्यो, उहाँ नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने कुरा करिब करिब टुंगिएको छ, कात्तिक २६ या २७ गतेतिर कार्यक्रम पनि होला,’ छलफलमा सहभागी एक नेताले सेतोपाटीसँग भने, ‘उहाँलाई पार्टीमा उपयुक्त हैसियत र जिम्मेवारी दिने कुरा भएको छ।’

ती नेताका अनुसार रावललाई नेपाली कम्युनिष्ट पार्टीको छैटौँ वरीयता दिन नेताहरू सकारात्मक छन्। नेपाली कम्युनिष्ट पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछि रावललाई वरीयता दिन लागिएको हो।

एमाले र माओवादी मिलेर नेकपा बनेका बेला नारायणकाजीसम्म सचिवालयमा राखिएको थियो। अहिले नेपाली कम्युनिष्ट पार्टीको सचिवालयमा पनि रावललाई राख्ने तयारी छ।

नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन भएको छलफलका सन्दर्भमा हामीले रावलसँग पनि कुराकानी गरेका छौं।

उनले नेताहरूसँग छलफल भइरहेको प्रतिक्रिया दिए।

‘नेताहरूसँग छलफल भइरहेको छ, हामी अहिले छलफलकै क्रममा छौं,’ उनले भने।

रावलनिकट एक नेताले सोमबार साँझ पनि थप छलफल हुने बताए। ‘नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण हुने प्रक्रिया आज टुंगो लाग्नेछ,’ उनले भने, ‘अहिलेसम्म रावलको मात्रै वरीयता र जिम्मेवारी टुंगो लागेको अवस्था छ।’सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...