Skip to main content

धनगढी न्यूज

Day: November 10, 2025

कैलालीमा करिब चार सय डिलरबाट मल वितरण हुँदै

कैलालीमा करिब चार सय डिलरबाट मल वितरण हुँदै

धनगढी: कैलालीमा करिब चार सय डिलरबाट रासायनिक मल  बिक्रीवितरण भइरहेको छ। जिल्लाका १३ स्थानीय तहमा कृषि सहकारी मार्फत मल बिक्री भइरहेको कृषि सामग्री कम्पनी लिमिटेड  प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। कैलालीका लागि कम्पनीले चालु आर्थिक वर्षका लागि १० हजार ६ सय मेट्रिकटन युरिया बिक्रीवितरण गर्ने कोटा पाएको छ। जसमध्ये शनिबारसम्म दुई हजार ८४५ मेट्रिकटन बिक्री भइसकेको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। कम्पनीको धनगढी गोदाममा २८७ मेट्रिकटन युरिया मौज्दात छ। कम्पनीका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रबन्धक नवलसिंह बोगटीले यो वर्ष छुट्याइएको कोटाको मल केन्द्रबाट क्रमशः पठाउने काम भइरहेको बताए। विज्ञापन  कैलालीका लागि सरकारले यो वर्ष सात हजार आठ सय मेट्रिकटन डिएपी छुट्याएको छ।…
Read More
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् । उनीहरुले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् । सो रिटको पेसी कातिक २५ गतेका लागि तोकिएको छ ।रातोपाटी बाट साभार
Read More
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्। नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भइरहेको थियो। सोही क्रममा आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले संयोजक रावलसँग भेटवार्ता गरेका थिए। उक्त छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन…
Read More
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

२४ कात्तिक, काठमाडौं। उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो । तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने छ । ‘सुमना जी, अरु केही पदाधिकारीमा रहने साथीहरु पछि दोस्रो चरणमा…
Read More
हिन्दू धर्म र आधुनिक विज्ञानको दृष्टिमा गाईको महत्व

हिन्दू धर्म र आधुनिक विज्ञानको दृष्टिमा गाईको महत्व

धनगढीः हिन्दू सभ्यता र संस्कृतिमा गाईको स्थान अतुलनीय छ। वैदिक कालदेखि नै गाईलाई “गौमाता” भनेर सम्मान गरिँदै आएको छ। धार्मिक दृष्टिले गाईलाई पवित्र प्राणीका रूपमा चित्रित गरिन्छ भने वैज्ञानिक दृष्टिले यसको दूध, मूत्र र गोबर सबै जीवनोपयोगी तत्वका स्रोत मानिन्छन्। गाईलाई हिन्दू धर्ममा केवल पशु नभई जीवन, समृद्धि र मातृत्वको प्रतीकका रूपमा सम्मान गरिन्छ। हिन्दू परिवारमा गाई अनिवार्य हुनुपर्ने शास्त्रीय विधान छ। ग्रामीण क्षेत्रमा हरेक परिवारले अन्य पशुका अलावा गाई पालन अनिवार्य गरेको अझै देख्न सकिन्छ। विज्ञापन पूजा, पाठ र पितृकर्ममा गाईको अनिवार्य हुन्छ। पूजा-पाठ र पितृकर्ममा लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर अनिवार्य हुन्छ। पिण्डदान गर्न समेत…
Read More