Skip to main content

धनगढी न्यूज

हिन्दू धर्म र आधुनिक विज्ञानको दृष्टिमा गाईको महत्व

Advertisement

धनगढीः हिन्दू सभ्यता र संस्कृतिमा गाईको स्थान अतुलनीय छ। वैदिक कालदेखि नै गाईलाई “गौमाता” भनेर सम्मान गरिँदै आएको छ।

धार्मिक दृष्टिले गाईलाई पवित्र प्राणीका रूपमा चित्रित गरिन्छ भने वैज्ञानिक दृष्टिले यसको दूध, मूत्र र गोबर सबै जीवनोपयोगी तत्वका स्रोत मानिन्छन्। गाईलाई हिन्दू धर्ममा केवल पशु नभई जीवन, समृद्धि र मातृत्वको प्रतीकका रूपमा सम्मान गरिन्छ। हिन्दू परिवारमा गाई अनिवार्य हुनुपर्ने शास्त्रीय विधान छ। ग्रामीण क्षेत्रमा हरेक परिवारले अन्य पशुका अलावा गाई पालन अनिवार्य गरेको अझै देख्न सकिन्छ।

पूजा, पाठ र पितृकर्ममा गाईको अनिवार्य हुन्छ। पूजा-पाठ र पितृकर्ममा लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर अनिवार्य हुन्छ। पिण्डदान गर्न समेत गाई नै चाहिने भएकाले गाई पाल्नु हरेक हिन्दू परिवारका लागि महत्वपूर्ण र अनिवार्य कर्म हो।

वेद र शास्त्रमा गाईको वर्णन
ऋग्वेदमा गाईलाई “अघ्न्या” भनिएको छ, जसको अर्थ हुन्छ नमारिने र पूजनीय प्राणी। यजुर्वेदमा गाईलाई पृथ्वी जस्तै पालनकर्ताको रूपमा व्याख्या गरिएको छ— जसले अन्न, दूध र जीवन दिन्छ।

भगवान् श्रीकृष्णलाई ‘गोपाल’ र ‘गोविन्द’ नामले सम्बोधन गरिनु गाईप्रतिको आदर र जिम्मेवारीको प्रतीक हो। श्रीमद्भागवत महापुराणमा कृष्णको बाल्यकालका कथा गाई पालन, गोसेवा र गोसंरक्षणसँग गहिरो सम्बन्ध राख्छन्। भगवान श्रीकृष्णले गाई चराउँदै आफ्नो बाल लिला देखाएकाले गाईप्रतिको श्रद्धा र निष्ठा हरेका हिन्दूरका लागि भगवत् प्राप्तिको प्रथम खुटकिला मानिन्छ।

मनुस्मृतिमा ‘गौसेवा र गौदान सर्वोच्च धर्म हो’ भन्ने उल्लेख छ।  त्यस्तै स्कन्द पुराण र गरुड़ पुराणमा गाईको सेवा र दानलाई सबै प्रकारका पापमुक्तिको माध्यमका रूपमा चित्रित गरिएको छ।

नेपाल र भारतमा अहिले पनि गोपूजा, गोवर्धन पूजा, र गौदान जस्ता परम्परागत संस्कारहरू व्यापक रूपमा प्रचलित छन्। यी धार्मिक आस्थाहरूले गाईप्रतिको आदरलाई सामाजिक र सांस्कृतिक स्तरमा जोगाइरहेका छन्।

यमपञ्चकमा गाई पूजा गरिन्छ भने हरेक धार्मिक कार्यान गोपूजा र गौदानको विधान हुन्छ। गाईलाई माता लक्ष्मीको रुपमा सम्मान र पूजा गर्ने परम्परा हिन्दू समाजमा विद्यमान छ। जसका लागि स्थानीय गाई मात्रै उपयुक्त मानिन्छ। जर्सीजस्ता नश्ल सुधार गरिएका गाई पूजाका लागि उपयुक्त मानिदैनन्। यस्ता हाइब्रिड गाईको दूध, गहुँत र गोबर पूजा-पाठमा प्रयोग गरिँदैन।

आधुनिक विज्ञानको दृष्टिमा गाई
विज्ञानले पनि गाईसँग सम्बन्धित धार्मिक अवधारणाका धेरै पक्षहरूको समर्थन गरेको छ। विज्ञानले पनि गाईको दूध बिरामीका लागि उपयुक्त हुने बताएको छ।

स्थानीय गाईको दूधमा पाइने एटु केसिन प्रोटिन पाचनतन्त्रका लागि लाभदायी हुन्छ। यसले हड्डी बलियो बनाउँछ, मस्तिष्क विकासमा मद्दत गर्छ र रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। दूधमा क्याल्सियम, फस्फोरस, भिटामिन बिट्वेल्भ र ल्याक्टोज प्रशस्त मात्रामा पाइन्छ।

आयुर्वेदमा गौमूत्रलाई औषधीय अमृत मानिन्छ। वैज्ञानिक अध्ययनले गाईको मूत्रमा एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिअक्सिडेन्ट गुण हुन्छ भन्ने देखाएको छ। यसले शरीरबाट विषाक्त तत्व हटाउन र रोग प्रतिरोधात्मक प्रणाली सुदृढ बनाउन सहयोग पुर्या उँछ।

गाईको गोबर जैविक मलको उत्कृष्ट स्रोत हो। यसमा नाइट्रोजन, फस्फोरस र पोटासियम प्रशस्त पाइन्छ, जसले माटोको उर्वरता बढाउँछ। ग्रामीण क्षेत्रमा गोबरबाट बायोग्यास उत्पादन गरी खाना पकाउने र बिजुली निकाल्ने प्रविधि व्यापक बन्दैछ।
वैज्ञानिक दृष्टिले, गाईको गोबरबाट निस्कने धुवाँमा माइक्रोबायोलोजिकल प्युरिफाइङ गुण पाइन्छ, जसले वायुमण्डलको हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सक्छ।

गाईको सामाजिक र आर्थिक महत्व
नेपालको ग्रामीण अर्थतन्त्रमा गाई पालन अझै पनि आत्मनिर्भर जीवनशैलीको मूल आधार हो। दूध, दही, घ्यू,  गहुँत र गोबरजस्ता उत्पादनले गाउँघरमा रोजगार सिर्जना गर्छन्। गाई पालन गरेर कृषिका लागि मल, खाना पकाउन उर्जा र उपभोग गर्न दूध, दही र घ्यू प्राप्त हुन्छ।
गाई पालनले गाईसँग जोडिएका उद्योगहरू सञ्चालन गर्न सकिन्छ।  डेरी, बायोग्यास, अर्गानिक मल, र परम्परागत औषधीको निर्माणले ग्रामीण अर्थतन्त्र सुदृढ गर्न गाई पालनले योगदान दिइरहेको छ।

किसानका लागि गाईको महत्व अझ बढी छ। खेतमा हाल्न गोबर मल गाईबाट प्राप्त हुन्छ। ‘घरको कुनो शुद्ध गोठमा गाई भए मात्र हुन्छ’ भन्ने सामाजिक मान्यता कायम छ। तर, आधुनिकताको प्रभावले गर्दा गाई नपाल्ने कुरूतिको विकास भएको छ। जसले गर्दा सहरी क्षेत्रमा गाईलाई छाडा छोड्ने गरिएको छ। हामीले विद्यालय तहमा पढ्दा ‘गाई हाम्रो पशुधन घरको शोभा गाई, गाईजस्तो अरू छैन हामी सबैलाई’ भन्ने कविता पढेका थियौँ। यो कविताले गाईको महत्व र उपयोगिताको पाठ सानैमा पढाउन सफल भएको थियो। अहिले भने गाई नपाल्ने परिवारको संख्या पाल्नेको भन्दा निकै बढी हुनुपर्छ।

गाईको संरक्षणले केवल आर्थिक लाभ मात्र होइन, पर्यावरणीय सन्तुलन पनि कायम गर्छ। गाईलाई सुमसुम्याउँदा तानव घट्ने, उच्च रक्तचाप नियन्त्रणमा आउने विश्वास गरिन्छ भने गाईलाई आफ्नो शरीर चाट्न लगाए छाला सम्बन्धी समस्या नहुने आयुर्वेदमा वर्णन गरिएको छ। यसर्थ गाईका अनेक महत्व बुझ्दै नेपाल र भारतमा पाइने स्थानीय जातकै गाई पालन गरेर आर्थिक लाभ हासिल गर्ने अवसर सदुपयोग गर्नु आजको आवश्यकता हो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...