Skip to main content

धनगढी न्यूज

कैलालीमा करिब चार सय डिलरबाट मल वितरण हुँदै

Advertisement

धनगढी: कैलालीमा करिब चार सय डिलरबाट रासायनिक मल  बिक्रीवितरण भइरहेको छ। जिल्लाका १३ स्थानीय तहमा कृषि सहकारी मार्फत मल बिक्री भइरहेको कृषि सामग्री कम्पनी लिमिटेड  प्रादेशिक कार्यालय धनगढीले जनाएको छ।

कैलालीका लागि कम्पनीले चालु आर्थिक वर्षका लागि १० हजार ६ सय मेट्रिकटन युरिया बिक्रीवितरण गर्ने कोटा पाएको छ। जसमध्ये शनिबारसम्म दुई हजार ८४५ मेट्रिकटन बिक्री भइसकेको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। कम्पनीको धनगढी गोदाममा २८७ मेट्रिकटन युरिया मौज्दात छ।
कम्पनीका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रबन्धक नवलसिंह बोगटीले यो वर्ष छुट्याइएको कोटाको मल केन्द्रबाट क्रमशः पठाउने काम भइरहेको बताए।

 कैलालीका लागि सरकारले यो वर्ष सात हजार आठ सय मेट्रिकटन डिएपी छुट्याएको छ। जसमध्ये चार हजार लक्ष्य ८४५ मेट्रिकटन डिएपी बिक्री भएको छ भने गोदाममा एक हजार ८८६ मेट्रिकटन मौज्दात रहेको कम्पनीले जनाएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले कैलालीका लागि यो वर्ष पोटास ६ सय मेट्रिकटन उपलब्ध गराउने लक्ष्य राखेको छ। जसमध्ये हालसम्म २७८ मेट्रिकटन बिक्री भएको छ भने धनगढी गोदाममा २१० मेट्रिकटन पोटास मौज्दात रहेको प्रादेशिक प्रबन्धक बोगटीले बताए।

गहुँ खेतीका लागि मलको अभाव नहुने प्रादेशिक प्रबन्धक बोगटीको दाबी छ। उनले पालिका स्तरीय बिक्रीवितरण समितिको सिफारिसमा कैलाली जिल्लाका करिब चार सय कृषि सहकारीलाई कम्पनीले मल उपलब्ध गराइरहेको बताए। “स्थानीय तहमा उप-प्रमुख र उपाध्यक्षको अध्यक्षतामा तीन जनाको समिति हुन्छ। त्यो समितिले पालिकामा रहेका कृषि सहकारीले पाउने कोटा निर्धारण गर्छ,” पालिकाको सिफारिसका आधारमा नै हामीले कृषि सहकारीलाई मल उपलब्ध गराउँछौँ,” प्रादेशिक प्रबन्धक बोगटीले बताए।

कुन स्थानीय तहको कति कोटा?
कैलाली जिल्लाका लागि निर्धारण भएको १० हजार ६ सय मेट्रिकटन युरिया, सात हजार आठ सय मेट्रिकटन डिएपी र पोटास ६ सय मेट्रिकटनको १३ स्थानीय तहमा कृषि योग्य जमिनको उपलब्धताको आधारमा प्रतिशत निर्धारण गरिएको छ।

कैलालीका पाँच स्थानीय तहले सबैभन्दा बढी दस प्रतिशतका दरले मल पाउने कोटा निर्धारण गरिएको छ। टीकापुर नगरपालिका, लम्कीचुहा, घोडाघोडी र गौरीगङ्गा नगरपालिका तथा कैलारी गाउँपालिकाले उपलब्ध मलको १०/१० प्रतिशत मल पाउनेछन्। यस्तै धनगढी उपमहानगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा जम्मा उपलब्ध मलको आठ प्रतिशतका दरले मल पाउनेछन्। यसैगरी गोदावरी नगरपालिकाले सात प्रतिशत र बर्दगोरिया गाउँपालिकाले पाँच प्रतिशत तथा मोहन्याल र चुरे गाउँपालिकाले दुई प्रतिशत मल पाउने कृषि सामग्री कम्पनीका प्रादेशिक कार्यालय प्रवन्ध बोगटीले बताए।

मलको मूल्य कति?
कृषि सामग्री कम्पनले धनगढी कार्यालयबाट जिल्लाका सबै डिलरहरूलाई सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा मल उपलब्ध गराउनेछ। धनगढी कार्यालयबाट डिलरहरूले मल लगेर आफ्ना उपभोक्ताहरूलाई बिक्रीवितरण गर्नेछन्। डिलरहरूलाई युरिया प्रति क्विन्टल एक हजार ८७३ रुपैयाँ, डिएपी प्रति क्विन्टल चार हजार ७७३ रुपैयाँ तथा पोटास प्रति क्विन्टल तीन हजार ५७३ रुपैयाँमा उपलब्ध गराउने छ। यो मूल्यमा डिलरहरूले लोड-अनलोड र ढुवानी खर्च जोडेर बिक्री गर्न पाउने बोगटीले बताए।दिनेश खबा बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...