Skip to main content

धनगढी न्यूज

दिल्ली विस्फोटको कनेक्सन जोडियो २९ सय किलो विस्फोटक पदार्थसँग

Advertisement

दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ भएको विस्फोटमा प्रयोग गरिएको कार जम्मु–कश्मीरका एक चिकित्सकसँग सम्बन्धित रहेको पत्ता लागेको छ।

कम्तिमा १३ जनाको मृत्यु र २१ जना घाइते भएको यो घटना ‘आत्मघाती’ हमला हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार विस्फोट भएको कार पुलवामाका बासिन्दा डा. उमर उन नबीको हो। विस्फोट बेला उनले नै कार चलाइरहेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।

हालै हरियाणाको फरिदाबादमा फेला परेको ठूलो परिमाणको विस्फोटक पदार्थसँग पनि उमरको कनेक्सन जोडिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

कारको स्वामित्व खोज्दै जाँदा फरिदाबादमा फेला परेको विस्फोटक पदार्थसँग कनेक्सन जोडिएको एक अनुसन्धान अधिकारीले बताए।

ती अधिकारीका अनुसार विस्फोट भएको कार पहिलो पटक सलमान भन्ने व्यक्तिको नाममा दर्ता थियो। उनले देविन्दर नामका व्यक्तिलाई त्यो कार बेचिसकेको बयान दिए।

यही बयानका आधारमा देविन्दरलाई पक्राउ गर्दा उनले त्यो कार तारिक नामका व्यक्तिलाई बेचेको बताए।

‘तारिकको खोजी गर्दै जाँदा हामीले थाहा पायौं, त्यो कार अन्तिम पटक उमरको स्वामित्वमा रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विस्फोटको बेला उमर कारमै सवार रहेको देखिन्छ। उनी आफ्ना डाक्टर साथीहरू मुजम्मिल शाकिल र अदिल अहमदसँग थिए।’

हिन्दुस्तान टाइम्सका अनुसार शाकिललाई अक्टोबर ३० मा जम्मु–कश्मीर प्रहरीले पक्राउ गरेको थियो भने केही दिनअघि अदिल अहमद पक्राउ परेका थिए। उनीहरू दुवै फरिदाबादामा फेला परेको करिब २,९०० किलो एमोनियम नाइट्रेट र बम बनाउने अन्य सामग्रीसँग जोडिएका छन्।

‘साथीहरू पक्राउ परेपछि उमरले आत्मघाती हमला गरेका हुन सक्छन्,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘जम्मु–कश्मीर प्रहरीबाट पनि उनीहरूको सम्बन्ध पुष्टि भएको छ।’

कतिपय अधिकारीले भने यो आत्मघाती हमला नभएर कारभित्र राखिएको बम वा विस्फोटक पदार्थ आकस्मिक रूपमा पड्केको अनुमान पनि गरेका छन्।

उनीहरूका अनुसार विस्फोटको तीव्रता र तापका आधारमा ‘एमोनिया जेल’ वा त्योजस्तै शक्तिशाली विस्फोटक पदार्थ प्रयोग भएको देखिन्छ।सेतोपाटी बाट साभार

 

 

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...