Skip to main content

धनगढी न्यूज

यो वर्षको वर्षामा १४० जनाले गुमाए ज्यान, ६ हजार परिवार विस्थापित

Advertisement

काठमाडौँ । यस वर्षको मनसुनी विपद्का घटनामा १४० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ १५ देखि असोज १४ सम्म सो बराबरको मानवीय क्षति भएको हो ।

यो अवधिमा मनसुनजन्य प्रभाव परेको आशङ्का गरिएकामध्ये ३० जना बेपत्ता भएका छन् । यस्तै, मनसुनजन्य विपद्का कारण देशभर ५ हजार ९ सय ९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्राधिकरणको ‘मनसुन २०८२’ अनुसार बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता घटनाबाट मात्र १४० जनाको मृत्यु भएको र ३०० जना घाइते भएका छन्।

  • मनसुनमा पहिरो सबैभन्दा घातक

यस वर्षको मनसुनी तथ्याङ्क हेर्दा पहिरोका घटना सबैभन्दा घातक देखिएका छन् । देशभर ४९३ वटा पहिरोका घटना दर्ता भएकामा ६७ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् । पहिरोमा परी ४ जना बेपत्ता भएका छन्, जसबाट १ हजार ५१८ परिवार प्रभावित भएका छन्।

यसैगरी, बाढीका २१२ घटनाका कारण ३७ जनाको मृत्यु भएको छ, जबकि २६ जना बेपत्ता भएका छन्। बाढीबाट ३ हजार २०० परिवार प्रभावित भएका छन्।

चट्याङका २४२ घटनामा २९ जनाले ज्यान गुमाएका छन्। भारी वर्षाका ३७७ घटनाका कारण ७ जनाको मृत्यु भएको र २० जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ।

  • गत वर्षको तुलनामा क्षतिमा कमी

यस वर्ष मनसुनजन्य विपद्का घटनामा गत वर्ष २०८१ को तुलनामा उल्लेखनीय कमी आएको छ। मनसुन २०८१ मा देशभर २ हजार १३९ वटा विपद्का घटना भएका थिए, जसबाट ४५५ जनाको मृत्यु भएको थियो भने ६६ जना बेपत्ता भएका थिए । सो वर्ष कुल १० हजार ८ सय २३ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

तुलनात्मक रूपमा हेर्दा २०८२ मा घटनाको सङ्ख्या घटेर १ हजार ४५४ मा झरेको छ। मृत्यु हुनेको सङ्ख्या पनि ४५५ बाट १४० मा सीमित भएको छ।

  • अन्य विपद्का घटनामा १२० को मृत्यु

मनसुनजन्य घटनाबाहेक आगलागी, सर्प दंश, जनावर आक्रमण र हावाहुरीजस्ता अन्य विपद्का घटनामा पनि ठुलो मानवीय क्षति भएको छ।

२०८२ मनसुन अवधिमा मनसुनबाहेक अन्य विपद्का १ हजार ६७६ घटनाहरू भएका थिए । जसबाट १२० जनाको मृत्यु भएको छ र ६२२ जना घाइते भएका छन् । यी घटनाबाट २ हजार ३० परिवार प्रभावित बनेका छन्।

अन्य विपद्हरूमध्ये सर्पदंश सबैभन्दा धेरै घातक देखिन्छ। सर्पदंशका ४४२ घटनामा ७४ जनाको मृत्यु भएको छ भने ३७४ जना घाइते भएका छन्। यसैगरी, जनावर आक्रमणबाट २२ जना, आगलागीबाट ११ जना र लेक लाग्नुका कारण १३ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ । रातोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...