Skip to main content

धनगढी न्यूज

कैलाली बहुमुखी क्याम्पसका पाँच जनाले ल्याए ४ जिपिए

Advertisement

सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (B.Sc.) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना विद्यार्थीले समग्र ४.०० जिपिए ल्याउँदै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्।

स्नातक तहको विज्ञान संकाय आठौँ सेमेष्टरको बुधबार प्रकाशित नतिजामा कैलाली बहुमुखी क्याम्पसमा भौतिक शास्त्रबाट विद्यार्थीहरु सुवास गिरी, विनोद साउद, निराजन चौधरी, र अभिषेक जोशी तथा जीव विज्ञानबाट भुमिका चौधरीले समग्रमा समान ४.०० जीपिए प्राप्त गरेका हुन्।

त्यस्तै वनस्पति बिज्ञानमा ३.५१ जीपिए सहित आरति भट्टले उकृष्ट स्थान हाँसिल गरेको कैलाली बहुमुखी क्याम्पसको विज्ञान संकायकी विभागीय प्रमुख डा।रमा देवि जोशीले बताईन। प्राध्यापक र विद्यार्थीहरुको कडा परिश्रमबाट उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको उनले बताईन।

क्याम्पसले विद्यार्थीहरुको यस किसिमको उत्कृष्ट नतिजाले क्याम्पस परवारलाई हर्षित बनाएको जनाएको छ।

उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिदैँ आगामी दिनमा पनि विद्यार्थीहरुबाट यस्तै किसिमको नतिजाको अपेक्षा रहेको उनले बताए। सुदूरपश्चिम विश्वविद्यालयमा गईसकेपछि स्नातक तह पुरा गर्ने यो पहिलो व्याच हो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...