Skip to main content

धनगढी न्यूज

मंसिर ६ गतेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्छ: महेश बस्नेत

Advertisement

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ६ गतेको एमालेको कार्यक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

आज पत्रकार सम्मेलन गर्दै बस्नेतले मंसिर ५ र ६ गते काठमाडौंमा एमालेले कार्यक्रम गर्ने पनि बताए।

‘हामीले युथ भोलेन्टियर फोर्स गठन गर्दैछौं, माइतीघरदेखि बानेश्वरसम्म रातो क्याप लगाएर सामान्य प्रदर्शन गर्छौं, शान्तिपूर्ण कार्यक्रम हुन्छ, प्रहरीसँग झडप गर्दैनौं, हामीसँग अनुशासित युवाहरू छन्,’ बस्नेतले भने, ‘अध्यक्षज्यूलाई प्रमुख अतिथि बनाएर राष्ट्रिय स्वयमसेवक फोर्स घोषणा गर्छौं।’

मंसिर ६ गते काठमाडौं उपत्यकास्तरीय बृहत भेला भृकुटीमण्डपमा गरिने पनि उनले बताए।

‘मंसिर ५ र ६ गतेको सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उहाँलाई थाहा छ। यो संविधानले नचिन्ने अवैधानिक सरकार,’ उनले भने, ‘जेनजीकी हजुरआमा सुशीला कार्कीले यो सरकार छाड्नुपर्छ, यो कुरा उनलाई थाहा छ। त्यसैले आज सिमरामा उनले हामीलाई एउटा धक्का दिएकी हुन्, हामीलाई प्रवेश निषेध गरेर।’सेतोपाटी बाट साभार

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...