19
Nov
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ६ गतेको एमालेको कार्यक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै बस्नेतले मंसिर ५ र ६ गते काठमाडौंमा एमालेले कार्यक्रम गर्ने पनि बताए। ‘हामीले युथ भोलेन्टियर फोर्स गठन गर्दैछौं, माइतीघरदेखि बानेश्वरसम्म रातो क्याप लगाएर सामान्य प्रदर्शन गर्छौं, शान्तिपूर्ण कार्यक्रम हुन्छ, प्रहरीसँग झडप गर्दैनौं, हामीसँग अनुशासित युवाहरू छन्,’ बस्नेतले भने, ‘अध्यक्षज्यूलाई प्रमुख अतिथि बनाएर राष्ट्रिय स्वयमसेवक फोर्स घोषणा गर्छौं।’ मंसिर ६ गते काठमाडौं उपत्यकास्तरीय बृहत भेला भृकुटीमण्डपमा गरिने पनि उनले बताए। ‘मंसिर ५ र ६ गतेको सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उहाँलाई थाहा छ। यो संविधानले…






