Skip to main content

धनगढी न्यूज

बाजुरामा प्रसूति केन्द्र भवनमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दर्ता

Advertisement

बाजुरा: बाजुरामा प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै ६ जना विरुद्ध मुद्दा  दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ मा प्रसूति केन्द्र भवन निर्माणमा आर्थिक अनियमितता भएको ठहर गर्दै बिहीबार मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रसूति केन्द्र भवन निर्माणको लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख विनियोजन भएको र स्थानीय उपभोक्ताबाट ६ लाख १५ हजार २०६ रुपैयाँको लागतमा भवन निर्माण गरिएको थियो।

उक्त काम मापदण्ड विपरीत भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ३  बमोजिम स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह, शिक्षा विकास तथा समन्वय इकाई बाजुराका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सव–इन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर भएको हो।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...