Skip to main content

धनगढी न्यूज

Day: November 20, 2025

प्रधानमन्त्री र नेकपा माओवादीका शीर्ष नेताहरूबिच भेटवार्ता, के भयाे कुराकानी ?

प्रधानमन्त्री र नेकपा माओवादीका शीर्ष नेताहरूबिच भेटवार्ता, के भयाे कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबिच बिहीबार भेटवार्ता भएको छ। उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राखे । ‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भने, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’रातोपाटी बाट साभार
Read More
विदेशमा भएका नेपालीलाई मताधिकार- पाँच डलरमा गराउन सकिन्छ एक भोट मनोज सत्याल मनोज सत्याल काठमाडौं,

विदेशमा भएका नेपालीलाई मताधिकार- पाँच डलरमा गराउन सकिन्छ एक भोट मनोज सत्याल मनोज सत्याल काठमाडौं,

विदेशमा भएका नेपालीहरूलाई मतदानको व्यवस्था गर्न सरकारले निर्वाचन सम्बन्धी कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरिरहेको छ। तर निर्वाचन आयोगले भने फागुन २१ गते हुने निर्वाचनका लागि समयको चाप, आर्थिक स्रोत व्यवस्थापनको चुनौती र कयौँ कानुनी विषयमा अस्पष्टता भएकाले विदेशबाट निर्वाचन सम्भव नभएको जबाफ सरकारलाई दिएको छ। अनुसन्धानकर्ताहरू भने इन्टरनेट भोटिङ (आई–भोटिङ) को माध्यमबाट फागुन २१ गतेभित्रै सस्तो र सुलभ मूल्यमा निर्वाचन गराउन सकिने बताउँछन्। नेपाल पोलिसी इन्स्टिच्युटका अनुसन्धानकर्ता खगेन्द्रराज ढकाल सरकारले निर्वाचन सम्बन्धी अध्यादेशबाट सार्वजनिक खरिदको समयाधि छोट्याउने हो भने फागुन २१ गते नै इन्टरनेट भोटिङ गर्न सकिने बताउँछन्। ढकाल र अनुसन्धानकर्ता लिजा महर्जनले गरेको पोलिसी ब्रिफिङमा इन्टरनेट भोटिङका लागि अहिले नै अन्तर्राष्ट्रिय रूपमा…
Read More
महाधिवेशन विवादमा जकडिएको कांग्रेस

महाधिवेशन विवादमा जकडिएको कांग्रेस

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस जहानियाँ राणा शासन ढाल्नेदेखि पछिल्लो संविधान जारी हुँदासम्म भएका हरेक परिवर्तनको नेतृत्व गर्दै आएको पुरानो राजनीतिक दल हो । कांग्रेसलाई नै कमजोर बनाउने गरी सुरू भएका माओवादी विद्रोह, मधेश आन्दोलनलाई समेत नेपालको सामाजिक र राजनीतिक सुधारका लागि आवश्यकता महसुस गरेर आफूलाई त्यसैअनुरूप ढालेको कांग्रेसको विगत छ । तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई आत्मसात गरेर कांग्रेसले आफूलाई अझै पनि लयमा भने ल्याउन सकेको छैन । कांग्रेसको अहिलेको अवस्थाबारे राजनीतिक विश्लेषक उद्धव प्याकुरेल टिप्पणी गर्छन्, ‘कांग्रेसको अहिलेको पारा न हाँसको चाल, न कुखुराको चालजस्तो देखिन्छ ।’ प्याकुरेलले भनेजस्तै कांग्रेस…
Read More
बाजुरामा प्रसूति केन्द्र भवनमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दर्ता

बाजुरामा प्रसूति केन्द्र भवनमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दर्ता

बाजुरा: बाजुरामा प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै ६ जना विरुद्ध मुद्दा  दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ मा प्रसूति केन्द्र भवन निर्माणमा आर्थिक अनियमितता भएको ठहर गर्दै बिहीबार मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञापन आर्थिक वर्ष २०७५/०७६ मा प्रसूति केन्द्र भवन निर्माणको लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख विनियोजन भएको र स्थानीय उपभोक्ताबाट ६ लाख १५ हजार २०६ रुपैयाँको लागतमा भवन निर्माण गरिएको थियो। उक्त काम मापदण्ड विपरीत भएको भन्दै…
Read More
कैलाली अदालत आगजनीको आरोपमा तीन युवा पक्राउ

कैलाली अदालत आगजनीको आरोपमा तीन युवा पक्राउ

धनगढी । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार  धनगढी उपमहानगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका छन्। कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए। उनका अनुसार, भदौ २४ गतेको आन्दोलनमा अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, मुद्दाका सक्कल मिसिल, कम्प्युटर लगायतका सूचना प्रविधि उपकरणमा आगजनी र तोडफोड भएको थियो। सोही घटनाको अनुसन्धानका…
Read More
पटक-पटक स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

पटक-पटक स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। यसअघि पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजेदेखि सुरू हुने भनिएको छ। सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक सारेर आजका लागि तय गरिएको थियो। असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै सहमति खोज्ने प्रयास भइरहेको छ। चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद हुँदा केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन। सभापति शेरबहादुर देउवा उपचार गरी सिंगापुरबाट फर्किएपछि पार्टीभित्र देखिएको मतभेद समाधान गर्न सक्रियता देखाएका छन्। सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अनौपचारिक रूपमा गत शनिबार र आइतबार…
Read More
संकटको बेला देशले खोजेको नेतृत्व

संकटको बेला देशले खोजेको नेतृत्व

नेतृत्वको वास्तविक परीक्षा संकटका बेला हुन्छ। यस्तो समयमा नेतालाई तत्काल निर्णय लिनुपर्ने दबाबका बीचमा दीर्घकालीन सोच, सहानुभूति र जनविश्वास कायम राख्नुपर्ने चुनौती हुन्छ। सफल नेता ती हुन्, जसले ठूला भाषण होइन, स्पष्ट दृष्टिकोण र नैतिक निर्णयका साथ देशलाई अगाडि बढाउँछन्। संघर्ष, आर्थिक अस्थिरता र महामारी जस्ता संकटको अवस्थामा निर्णयात्मक र अनुकूल नेतृत्व अनिवार्य हुन्छ। कमजोर शासन प्रणाली भएका देशहरूमा यो कार्य अझै कठिन हुन्छ। नेताहरूले तुरुन्तै परिस्थिति नियन्त्रण कायम गर्नुपर्ने हुन्छ तर त्यही समयमा पारदर्शिता र जनसहभागिता मार्फत विश्वास पनि निर्माण गर्नुपर्छ। संकटको समयमा राष्ट्रको भाग्य नेतृत्वले निर्धारण गर्छ। नेपाल जस्ता विकासशील देशहरूका लागि— जहाँ आर्थिक अनिश्चितता, राजनीतिक अस्थिरता र…
Read More
सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा नियमावली ल्याउन नसक्दा स्थानीय तहका कार्यरत कर्मचारी मर्कामा परेका छन्। प्रदेश संरचना गठन भएको आठ वर्षमा बल्लतल्ल स्थानीय सेवा ऐन ल्याएको सुदूरपश्चिम सरकारलाई नियमावली ल्याउन सकस भएको छ। गत असार १५ मा झण्डै दुई वर्ष लगाएर स्थानीय सेवा ऐन ल्याएको प्रदेश सरकारले सो ऐन आएको साढे चार महिनासम्म नियमावली ल्याउन सकेको छैन। विज्ञापन स्थानीय सेवा ऐनको मस्यौदा लिएर प्रदेशको विधायन समितिले प्रदेशभर विभिन्न ठाउँमा पुगेर उत्कृष्ट ऐन ल्याउने भन्दै दुई वर्ष खर्चेको थियो। दुई वर्ष लगाएर ल्याइएको ऐन नै नियमावली निर्माणका लागि बाधक बनेको स्वयम् कर्मचारी र प्रदेश सरकारका अधिकारीले बताउने गरेका छन्। प्रदेश…
Read More