Skip to main content

धनगढी न्यूज

अलैंची निर्यातमा गोलमाल : ६० प्रतिशत ‘अन्डर बिलिङ’ले तथ्याङ्कमै गडबडी

Advertisement

आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब ६८ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको ४ हजार ३ सय टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । जुन प्रतिकिलो अलैंचीको मूल्य १ हजार ७८६ रुपैयाँ हुन्छ । गत वर्ष किसानले यही मूल्य अनुसार रकम पनि पाएका थिए ।

चालु आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारत निर्यात भएको छ, जसको मूल्य प्रतिकिलो १ हजार ५६६ रुपैयाँका दरले १ अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपैयाँ हुन्छ । किसानले भने यस वर्ष अलैंचीको मूल्य प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म पाएका छन् ।

कोशी प्रदेश अलैंची उत्पादनको पकेट क्षेत्र हो । कोशीका पहाडी जिल्लाका खोल्सा तथा चिस्यान जमिनमा अलैंची लगाउने चलन बढ्दो छ । खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जेफर राईले यो वर्ष करिब ४० मन अलैँची फलाए । उनलाई व्यापारीले प्रतिमन (४० किलो)को मूल्य ९२ हजारले रकम दिए ।

ताप्लेजुङका अलैंची किसान प्रताप तामाङले १६ मन अलैंचीको मूल्य प्रतिमन १ लाख ५ हजार रुपैयाँ पाए । यो वर्ष अलैंचीको मूल्य पाएपछि किसान हर्षित छन् । तर, व्यापारीले भारत निकासी गर्दा भने भन्सार मूल्य आधामात्रै देखाउने गरेको तथ्याङ्कले देखाएको छ ।

यो तथ्याङ्कलाई हेर्दा निर्यात रकममा नै गडबडी देखिएको छ । यस्तै नेपालका किसानबाट औसतमा १ लाख रुपैयाँ प्रतिमनमा खरिद भएको अलैंची भारतका व्यापारीले कतिमा खरिद गर्छन् ? यो विषय शङ्कास्पद देखिएको छ ।

Alaichi-Taplejung

एक अलैंची व्यापारीका अनुसार भारतीय व्यापारीले नेपालमा दिएको मूल्य अनुसारको बिल लिन नमान्दा कम बिलिङ गर्नुपर्ने अवस्था आएको हो । ‘हामीले किसानलाई दिएको मूल्य अनुसारको बिलबाट भारतीय व्यपारीले लिन मान्दैनन् । यो भारतीय भन्सारको कारण हो,’ उनले भने, ‘त्यसकारण हामी कम बिल बनाउन बाध्य छौँ ।’

ती व्यापारीका अनुसार भन्सारमा कम मूल्य देखाए पनि प्रतिमन १ लाख २० हजार रुपैयाँभन्दा बढीमा भारतीय व्यापारीले अलैंची खरिद गर्छन् । अब प्रश्न उठ्छ– त्यो पैसा कुन बाटोबाट आउँछ ?

ती व्यापारीले भने, ‘यो त अनौपचारिक हिसाबले आउँछ । हामीले सबै भन्ने कुरा भएन ।’ उनले हुण्डीमार्फत उक्त रकम आउने गरेको घुमाउरो पारामा स्वीकार गरे ।

अलैंची सबैभन्दा बढी निर्यात हुने नाका झापाको काँकडभिट्टा हो । केही दिन अगाडि काँकडभिट्टाबाटै अवैध भारतीय नोटको कारोबार गर्ने मुद्रा सटही काउन्टरका सञ्चालक पक्राउ परेका थिए । त्यसको कनेक्सन अलैंची कारोबारीसम्म पुगेको दाबी गरिएको छ ।

उता, राजस्व अनुसन्धान, भन्सार विभाग तथा नियामक निकायले यो विषयमा अनुसन्धान गरेका छैनन् । कृषिजन्य वस्तु उत्पादक किसानलाई आयकर लिने गरिएको छैन । निर्यातमा कर लाग्दैन । बजारमा खरिद–बिक्री गर्ने दुवै पक्षलाई भने २५ देखि ३० प्रतिशत आयकर निर्धारण गरिएको छ । तर, अन्डर बिलिङ गरेपछि उक्त आयकर छली हुने गरेको नियामक निकायकै एक कार्यालय प्रमुखको दाबी छ ।

‘आयकर छली गर्नका लागि पनि नेपाली ब्यापारीले बिलिङ कम गर्ने गरेको सूचना हामीलाई छ,’ उनले भने, ‘त्यसले आयकर मात्रै छली भएको छैन । अनौपचारिक क्षेत्रबाट पैसा आउने काम भइरहेको छ भने नेपालमा प्रतिबन्धित रहेका ५ सय, १ हजार र २ हजार दरका भारतीय नोटसमेत भित्रिने गरेका छन् ।’

अलैंची सबैभन्दा बढी निर्यात हुने नाका झापाको काँकडभिट्टा हो । केही दिन अगाडि काँकडभिट्टाबाटै अवैध भारतीय नोटको कारोबार गर्ने मुद्रा सटही काउन्टरका सञ्चालक पक्राउ परेका थिए । त्यसको कनेक्सन अलैंची कारोबारीसम्म पुगेको दाबी गरिएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका एक अनुसन्धान अधिकृतले यो विषयमा आफूहरूको ध्यान जान नसकेको बताए । ‘हामी अब अनुसन्धानमा लाग्छौँ,’ उनले भने, ‘तपाईंले भनेजस्तै अर्बौंको निर्यात हुने र त्यो अन्डर बिलिङमा हुने समस्या हो भने अनुसन्धानको विषय पनि हुनुपर्छ । त्यसले अर्थतन्त्रमा ठुलो समस्या ल्याउन सक्छ ।’

विश्वमा निर्यात हुने अलैंचीमध्ये ६० प्रतिशत नेपालले धानेको छ । नेपालमा उत्पादित ९९ प्रतिशत अलैंची भारत निर्यात हुन्छ । १ प्रतिशत अलैंची तेस्रो मुलुकमा निर्यात भएको गत वर्षको तथ्याङ्कले देखाउँछ । आन्तरिक खपतको प्रतिशत भने शून्य बराबर रहेको व्यवसायी बताउँछन् ।

नेपालबाट भारतसहित अस्ट्रेलिया, फ्रान्स, स्विटजरल्याण्ड र युएईमा अलैंची निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा भने शतप्रतिशत अलैंची भारततर्फ निर्यात भएको छ । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...