Skip to main content

धनगढी न्यूज

Day: November 21, 2025

धनगढीमा माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने

धनगढीमा माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने

धनगढीः धनगढीमा आगामी माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने भएको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम र बाँकी १० दिन परामर्श सम्बन्धि कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने उप-महानगरपालिकाले जनाएको छ। आज शुक्रबार पत्रकार सम्मेलन मार्फत सिप तथा रोजगार मेलाको कार्यतालिका सार्वजकि गरेको हो। मंसिर १५ देखि आवेदन संकलन गरि पुस १५ गते सम्म छनौट र नामावली प्रकाशन गरिने जनाइएको छ। विज्ञापन रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फेटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटर/वेट्रेस, वेकरी, कफी बारिस्टा बनाउने, फास्टफुड/कुक,  शैक्षिक सर्भिस अन्तर्गत पुरोहीत, लेखा व्यवस्थापन, ईसीडी सहजकर्ता, एडभान्स व्युटीसियन, हेयर कटिङ, आर्ट/क्राफ्ट डिजाईनिङ…
Read More
अलैंची निर्यातमा गोलमाल : ६० प्रतिशत ‘अन्डर बिलिङ’ले तथ्याङ्कमै गडबडी

अलैंची निर्यातमा गोलमाल : ६० प्रतिशत ‘अन्डर बिलिङ’ले तथ्याङ्कमै गडबडी

आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब ६८ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको ४ हजार ३ सय टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । जुन प्रतिकिलो अलैंचीको मूल्य १ हजार ७८६ रुपैयाँ हुन्छ । गत वर्ष किसानले यही मूल्य अनुसार रकम पनि पाएका थिए । चालु आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारत निर्यात भएको छ, जसको मूल्य प्रतिकिलो १ हजार ५६६ रुपैयाँका दरले १ अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपैयाँ हुन्छ । किसानले भने यस वर्ष अलैंचीको मूल्य प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म पाएका छन् । कोशी प्रदेश…
Read More
क्यासिनोलाई किन कडाइ गर्दैछ सरकार?

क्यासिनोलाई किन कडाइ गर्दैछ सरकार?

सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक काम गर्न नसकेको भन्दै गत फागुनमा नेपाल दुई वर्षका लागि 'ग्रे–लिस्ट' मा पर्‍यो। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले नेपाललाई ग्रे सूचीमा राखेको हो। नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको सदस्य राष्ट्र हो। मुख्यतया क्यासिनो, भूमि, धातुका गरगहना लगायत कारोबारबाट सम्पत्ति शुद्धीकरण भइरहेको आशंकामा नेपाललाई यस्तो सूचीमा राखिएको हो। यही कारण सरकारले देशभर सञ्चालनमा रहेका क्यासिनोलाई कडाइ गर्दैछ। यी क्यासिनोलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित यसै साता पर्यटन विभागले विभिन्न निर्देशन दिएको छ। ग्रे लिस्टबाट नेपाललाई कसरी हटाउन सकिन्छ भन्नेबारे अहिले छलफल भइरहेको विभागका सूचना अधिकारी लिलाधर अवस्थीले बताए। 'यसका लागि सम्बन्धित…
Read More
हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम

५ मंसिर, हेटौंडा । सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु हटाउन भनेको हो । सडक डिभिजनले यसअघि घरटहरा हटाउन भन्दै दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सडक डिभिजन…
Read More
सुदूरपश्चिम सरकारका निर्णय जेठदेखि गुपचुप

सुदूरपश्चिम सरकारका निर्णय जेठदेखि गुपचुप

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनादेखि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेको छैन। सरकारले गत जेठ २ गतेपछि बसेका मन्त्रिपरिषद्को बैठकका निर्णय गुपचुप राखेको हो। मन्त्रिपरिषद्ले गरेको निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने अभ्यास हुन्छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने जेठ २ गते मन्त्रिपरिषद्को २१३ औं बैठकको निर्णय सार्वजनिक गरेको छ। त्यसयताका बैठको निर्णय भने सार्वजनिक गरेको छैन। विज्ञापन जेठयता ६ महिनामा कति पटक मन्त्रिपरिषद्को बैठक बस्यो र के-कस्ता निर्णय भए भन्ने कुरा मन्त्री बाहेक कसैलाई थाहा छैन। २४ घण्टापछि सार्वजनिक रुपमै हेर्नमिल्ने गरी राख्नुपर्ने निर्णयसमेत मुख्यमन्त्री कार्यालयले सार्वजनिक गर्न आवश्यक नठानेको भेटिएको छ। यो विषयमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ‌ओझासँग जिज्ञासा…
Read More