Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम सरकारका निर्णय जेठदेखि गुपचुप

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनादेखि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेको छैन। सरकारले गत जेठ २ गतेपछि बसेका मन्त्रिपरिषद्को बैठकका निर्णय गुपचुप राखेको हो।

मन्त्रिपरिषद्ले गरेको निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने अभ्यास हुन्छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने जेठ २ गते मन्त्रिपरिषद्को २१३ औं बैठकको निर्णय सार्वजनिक गरेको छ। त्यसयताका बैठको निर्णय भने सार्वजनिक गरेको छैन।

जेठयता ६ महिनामा कति पटक मन्त्रिपरिषद्को बैठक बस्यो र के-कस्ता निर्णय भए भन्ने कुरा मन्त्री बाहेक कसैलाई थाहा छैन। २४ घण्टापछि सार्वजनिक रुपमै हेर्नमिल्ने गरी राख्नुपर्ने निर्णयसमेत मुख्यमन्त्री कार्यालयले सार्वजनिक गर्न आवश्यक नठानेको भेटिएको छ।

यो विषयमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ‌ओझासँग जिज्ञासा राख्दा उनले कर्मचारी अभावका कारण मन्त्रिपरिषद्का निर्णय वेबसाइटमा राख्न नसकिएको बताए। उनले भने, ‘हामीले कर्मचारी अभावले मन्त्रिपरिषद्का निर्णय समयमै वेबसाइटका राख्न नसकेको हो। अहिले भने कम्प्युटर अभावले काम गर्न समस्या भएको छ। छिट्टै सबै अहिलेसम्मका निर्णय वेबसाइटका राख्ने छौँ।’दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...