Skip to main content

धनगढी न्यूज

धनगढीमा माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने

Advertisement

धनगढीः धनगढीमा आगामी माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने भएको छ।

धनगढी उप–महानगरपालिकाको आयोजनामा माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम र बाँकी १० दिन परामर्श सम्बन्धि कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने उप-महानगरपालिकाले जनाएको छ। आज शुक्रबार पत्रकार सम्मेलन मार्फत सिप तथा रोजगार मेलाको कार्यतालिका सार्वजकि गरेको हो। मंसिर १५ देखि आवेदन संकलन गरि पुस १५ गते सम्म छनौट र नामावली प्रकाशन गरिने जनाइएको छ।

रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फेटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटर/वेट्रेस, वेकरी, कफी बारिस्टा बनाउने, फास्टफुड/कुक,  शैक्षिक सर्भिस अन्तर्गत पुरोहीत, लेखा व्यवस्थापन, ईसीडी सहजकर्ता, एडभान्स व्युटीसियन, हेयर कटिङ, आर्ट/क्राफ्ट डिजाईनिङ अन्तर्गत बेतबाँस हस्तकला, साँस्कृतिक पोशाक, बुटिक तथा कढाई, निर्माण सर्भिस अन्तर्गत प्लम्विङ, फर्निचर, विल्डिङ वाइरिङ, वेल्डिङ र मेकानिकल अन्तर्गत एसी तथा फ्रिज मर्मत र मोबाइल तथा सिसीटिभि मर्मत गरी सात ओटा क्षेत्रका २२ ओटा विषयमा तालिम सञ्चालन हुने धनगढी उप-महानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए।

तलिममा सहभागी हुन दर्ताका लागि सुदूरपश्चिम प्रदेश भरिबाट अनलाईन तथा अफलाईन माध्याम वा दर्ता शिविर मार्फत आवेदन दिन सकिने उनले बताए। आवेदकहरुमध्ये छनौट प्रक्रिया कार्यविधि अनुसार छनौट गरेर तालिममा सहभागि गराईनेछ।

उप-महानगरले गत आर्थिक वर्षमा पनि  सिप तथा रोजगार मेला सञ्चालन गरेको थियो। जसमा एक हजार ४० जनालाई ८ ओटा क्षेत्रको २९ ओटा विषयमा  तापलम दिईएको थियो । ति तालिम लिएका प्रशिक्षार्थीहरुमध्ये ४७ प्रतिशतले रोजगारी पाएका थिए। जसअन्तर्गत २ सय २६ जना विभिन्न संस्था वा निकायमा  रोजगारीमा संलग्न भएको र १७२ जना स्वरोजगरीमा संलग्न भएको नगरपालिकाको तथ्याङ्क छ।  तलिम लिएका हरुमध्ये २७ जनालाई थप तालिम र सिप विकासका लागि काठमाण्डौँ र वुटवल पठाईएको रोजगार संयोजक महराले बताए। यस आर्थिक वर्षमा पनि बढी भन्दा बढी युवाहरुलाई तालिम दिने लक्ष्य रहेको उनले बताए।

सिप तथा रोजगार मेला सञ्चालनको लागि उप-महानगरपालिकाले यस वर्ष १ करोड ५९ लाख रुपैया बजेट विनियोजन गरेको छ र थप बजेटका लागि अन्य संघसंस्था तथा रोजगारदातासंग सहकार्य गरिने धनगढी उप‐महानगरपालिकाकी उप‐प्रमुख कन्दकला रानाले जानकारी दिईन।  चैत्र मसान्तसम्म उप-महानगरपालिकाको रोजगार सेवा केन्द्रले तालिमको प्रभाव मुल्याङ्कन, पृष्ठपोषण संकलन र फलोअप पनि गर्ने जनाएको छ।

बढी भन्दा बढी युवाहरुलाई रोजगार बनाउने उद्धेश्य  रहेकोले सिप सिकाएर स्वरोजगार बनाउने यस अभियानमा सबैले साथ सहयोग गर्न उनले आग्रह गरिन्। रोजगार मेला धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुला मञ्चमा आयोजना हुने छ। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...