Skip to main content

धनगढी न्यूज

दलित दम्पतीको विवाहमा ब्राह्मण र दलित पण्डितको संयुक्त वैदिक संस्कार

Advertisement

धनगढीः २०८२ मंसिर ५ गते जातीय विभेद र छुवाछुतविरुद्ध सबल सन्देश दिने एउटा निकै महत्वपूर्ण घटना सार्वजनिक भएको छ।

ब्राह्मण पण्डित गणेशप्रसाद पन्तको नेतृत्वमा दलित समुदायका पंकज परियार र सुनिता परियारको वैदिक विधानअनुसार विवाह सम्पन्न भएको हो। बैतडीको दशरथ चन्द नगरपालिका-१० बुड्डाका पंकज परियार र दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ डिन्सीकी सुनिता परियारको विवाह शुक्रवार वैदिक विधिअनुसार भएको हो।

पण्डित गणेश पन्तसँगै नारायण मिश्र र दलित समुदायका पण्डित जनक शर्मा विश्वकर्माले संयुक्त रूपमा विवाह विधि सञ्चालन गर्दै पंकज र सुनिताको विवाह संस्कार सम्पन्न गराएका हुन्। पंकज र सुनिताको विवाहले  हिन्दू धार्मिक संस्कार सबैका लागि समान रूपमा खुला रहेको स्पष्ट सन्देश दिएको छ।

विवाह समारोहमा रहेका पण्डितहरूले धर्म जातले होइन, आचरण र मानवताको आधारमा परिभाषित हुने कुरा बताएका छन्। उनीहरूको भनाइमा हिन्दू वैदिक संस्कारमा कुनै जातीय अवरोध छैन र सबैलाई समान अधिकार छ। यस्तो संयुक्त सहभागिताले धार्मिक समावेशिताको एउटा सकारात्मक रूप समाजमा प्रस्तुत गरेको पण्डित गणेशप्रसाद पन्तले बताए।

विवाहपछि आयोजना गरिएको भोज समारोहले कार्यक्रमलाई अझै अर्थपूर्ण बनायो। सबै समुदायका मानिसहरू एउटै स्थानमा बसेर एउटै स्थानमा खाना खाएर सामाजिक सद्भावको सशक्त उदाहरण प्रस्तुत गरे। विहे भोजमा सरिक सबैले एउटै पङ्क्तिमा बसेर भोजन ग्रहण गरेको पण्डित पन्तले बताए।

वर–वधु पंकज परियार र सुनिता परियारले आफ्नो वैवाहिक समारोहले समाजमा यति ठूलो सकारात्मक सन्देश दिन सफल भएकोमा खुसी प्रकट गरे। उनीहरूले यस्तो पहलले दलित तथा सबै समुदायका मानिसहरूलाई धार्मिक संस्कारमा समान अवसर मिल्नुपर्छ भन्ने धारणालाई बलियो बनाएको बताए।

यो विवाह केवल दुई व्यक्तिको वैवाहिक मिलन मात्र नभई समाजलाई समानता, सम्मान र धार्मिक एकताका दिशातर्फ अघि बढाउने ऐतिहासिक कदमका रूपमा देखिएको छ। एउटै विधि, एउटै स्थान र एउटै थालीमा भोजन गरेर सबै समुदायको सहभागिताले जातीय विभेदविरुद्ध एक सशक्त सन्देश दिएको छ दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...