Skip to main content

धनगढी न्यूज

जनार्दनले को-कोसँग मिलेर गर्दैछन् एकता घोषणा सभा ?

Advertisement

७ मंसिर, काठमाडौं । जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दैछ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यही सहमति अनुसार आज सार्वजनिक सभा गरेर एकता घोषणा गर्न लागिएको हो ।

आजको एकता घोषणा अघि शनिबार काठमाडौंको त्रिपुरेश्वरमा भेला आयोजना गरिएको थियो । सो भेलाले एकतालाई अनुमोदन गरेको थियो ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा त्यसबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए । हालसम्म शर्माले सदस्य मात्र रहने भन्दै तत्कालीन माओवादी नेता सुदन किराँतीलाई नेतृत्व गर्न दिएका छन् ।अन्लाईन खबर बाट साभार 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...