Skip to main content

धनगढी न्यूज

रूस-युक्रेन युद्ध रोक्ने ट्रम्पको योजना खासमा रूसले बनाएको अमेरिकी सांसदको दाबी!

Advertisement

रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना रूसले बनाएको भनेर अमेरिकी सांसदहरूले दाबी गरेका छन्।

ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ।

सो योजनाको अहिले युरोपमा मात्रै नभएर ट्रम्पकै रिपब्लिकन पार्टीका नेताहरूले समेत विरोध गरिरहेका छन्।

यसै क्रममा सो दस्तावेज ट्रम्प सरकारले नभएर रूसले बनाएको भनेर अमेरिकी विदेश मन्त्री मार्को रूबियोले आफूलाई बताएको केही अमेरिकी सांसदले दाबी गरेका छन्।

सो योजनाबारे युक्रेनी अधिकारीहरूसँग वार्ताका लागि जेनेभा जानुअघि रूबियोले सत्तारूढ रिपब्लिकन र विपक्षी डेमोक्र्याटिक दुवै पार्टीका केही सांसदसँग भेट गरेको विभिन्न मिडियाले लेखेका छन्।

सो भेटमा अमेरिकालाई रूसले सो प्रस्ताव पठाएको भनेर रूबियोले स्पष्टसँग बताएको भनेर ती सांसदले दाबी गरेका छन्।

ती सांसदले त्यस्तो दाबी गरे पनि शनिबार साँझ सामाजिक सञ्जाल एक्समा लेख्दै रूबियोले शान्ति प्रस्ताव अमेरिकाले नै तयार गरेको बताएका छन्।

सो योजनाको व्यापक विरोध भएपछि ट्रम्पले त्यो प्रस्ताव युक्रेनका लागि अन्तिम विकल्प नरहेको र त्यसमा परिमार्जन गर्न सकिने बताएका छन्।

ट्रम्पको २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका माग छन्।

युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविरामपछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्।

युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गर्दै आएका छन्।

झण्डै एक दशकदेखि लगातार आक्रमण गरे पनि पुटिनले डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा गर्न सकेको छैन। लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।

लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको १० प्रतिशत भन्दा बढी भाग युक्रेनकै नियन्त्रणमा छ।

त्यहाँ युक्रेनले वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएकाले रूसले युद्ध गरेर लिन निकै मुश्किल हुने मानिन्छ। सो भूभाग रूसलाई दिए रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गरे रोक्न नसकिने भएकाले युक्रेनले सो सर्त अस्वीकार गर्दै आएको छ।

जेलेन्स्कीले ती सर्त ठाडै अस्वीकार गरे ट्रम्प रिसाउलान् भनेर हाललाई सो योजनामा इमानदारीपूर्वक संलग्न हुने भनेका छन्।

उनले त्यसो भने पनि युरोपेली देशहरूले भने सो योजनाको विरोध गरेका छन्। अमेरिकाभित्रै पनि त्यसको विरोध भएपछि ट्रम्पले समेत त्यसमा परिमार्जन गर्न सकिने बताएका छन्।सेतोपाटी बाट साभार

 

 

 

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...