Skip to main content

धनगढी न्यूज

लेबननको राजधानीमा इसराइलले गर्‍यो हवाई हमला, मारिए हिजबुल्लाह नेता

Advertisement

इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको छ।

एक वर्षअघि भएको युद्धविराम उल्लंघन गर्दै इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हमला गरी हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इसराइलले गरेको छ।

लेबननमा महिनौंपछि राजधानी नजिकै भएको यो पहिलो आक्रमण हो।

हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाईको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि, संगठनले उनको भूमिकाबारे विस्तृत जानकारी दिएको छैन।

हिजबुल्लाहले यसको प्रतिवाद गर्ने घोषणा गर्दै त्यसको निर्णय वरिष्ठ नेतृत्वले गर्ने बताएको छ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको छ।

आक्रमण एउटा बहुतले भवनमा भएको थियो। त्यहाँ भएको विस्फोटले सडकमा सवारी साधनमा समेत क्षति पुगेको छ।

विस्फोटपछि त्यहाँ मानिसहरूको भागाभाग भएको थियो।

ताब्ताबाईमाथि अमेरिकाले २०१६ मै प्रतिबन्ध लगाउँदै उनको सूचनाका लागि ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो भनेर रोयटर्सले लेखेको छ।

इसराइली सेनाले ताब्ताबाई “हिजबुल्लाहका अधिकांश सैन्य इकाईको कमाण्डमा रहेका र इसराइल विरुद्धको युद्धका लागि उनीहरूलाई पुनःसंगठित गरिरहेका दाबी गरेको छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार संक्षिप्त सम्बोधन गर्दै हिजबुल्लाहलाई पुनः बलियो हुन नदिइने बताए। उनले लेबननको सरकारलाई हिजबुल्लाहलाई निशस्त्रीकरण गर्न पनि चेतावनी दिए।

लेबनानका राष्ट्रपति जोसेफ आउनले भने इसराइलको आक्रमण रोक्न हस्तक्षेपकारी भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

नोभेम्बर २०२४ मा भएको युद्धविरामले एक वर्षसम्म चलेको इसराइल–हिजबुल्लाह युद्ध अन्त्य गर्ने आशा थियो। तर त्यसयता, इसराइलले लगभग दैनिक रूपमा हिजबुल्लाहका हतियार भण्डार, लडाकु र पुनःनिर्माण प्रयासहरूमा प्रहार गर्दै आएको छ।

लेबननमा आक्रमण इसराइलको आफ्नै निर्णय रहेको पनि सरकारका प्रवक्ता शोश बेड्रोसियनले बताएकी छन्।

इसराइलले गत वर्षको युद्धमा हिजबुल्लाहका शीर्ष नेताहरू, पूर्व प्रमुख हसन नसरल्लासहित थुप्रै नेताहरू मारिएको दाबी गरेको छ। लेबनानले भने इसराइलले दक्षिणी क्षेत्रमा पाँच वटा पोस्ट ओगट्नु र निरन्तर आक्रमण गर्नु नै युद्धविराम उल्लंघन भएको बताउँदै आएको छ।

हिजबुल्लाहले युद्धविराम घोषणा भएयतादेखि इसराइलतर्फ गोली नचलाएको र आफू समझौतामा प्रतिबद्ध रहेको जनाएको छ।

पछिल्लो हवाई आक्रमणले क्षेत्रीय तनाव पुनः चर्कने संकेत देखिएको भनेर रोयटर्सले लेखेको छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...