Skip to main content

धनगढी न्यूज

Day: November 24, 2025

कांग्रेसका विशेष महाधिवेशन पक्षलाई राष्ट्रपतिले भने- आन्तरिक कुरा आफै मिलाउनू, चुनावकै तयारी गर्नू

कांग्रेसका विशेष महाधिवेशन पक्षलाई राष्ट्रपतिले भने- आन्तरिक कुरा आफै मिलाउनू, चुनावकै तयारी गर्नू

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर कुराकानी गरेका छन्। शीतल निवासमा सोमबार विशेष महाधिवेशन पक्षधर नेताहरू र राष्ट्रपति पौडेलबीच करिब सवा घन्टा छलफल भएको हो। राष्ट्रपतिसँगको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, आगामी चुनाव र दलहरूले खेल्नुपर्ने भूमिका बारेमा चर्चा भएको थियो। ‘देशको वर्तमान परिस्थिति, दलहरूले खेल्नुपर्ने भूमिका र अपनाउनुपर्ने संयमता लगायतका विषयमा राष्ट्रपतिज्यूसँग हाम्रो कुराकानी भएको हो,’ नेता गुरूराज घिमिरेले भने, ‘यी सबै कुराका लागि दलका नेताहरूलाई भेटघाटका लागि मैले आग्रह गरेको छु भनेर राष्ट्रपतिज्यूले भन्नुभयो।’ राष्ट्रपति पौडेलले  प्रजातन्त्रलाई आफ्नो मार्गमा फर्काउनुपर्ने सबैभन्दा ठूलो दायित्व रहेको बताएका थिए। ‘प्रजातन्त्रलाई ट्र्याकमा फर्काउनुपर्ने दायित्व छ, संविधान सुचारू गर्न र लोकतान्त्रिक…
Read More
मिरज ढुंगाना समूहले भेट्न पाएन प्रधानमन्त्री, सिंहदरबार गेटमा ज्ञापनपत्र टाँसेर फर्कियो

मिरज ढुंगाना समूहले भेट्न पाएन प्रधानमन्त्री, सिंहदरबार गेटमा ज्ञापनपत्र टाँसेर फर्कियो

८ मंसिर, काठमाडौं । मिरज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ । सोमबार दिनभरि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको उनीहरूको आरोप छ । प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् । उनीहरूले जेनजीहरूको आवाज सुन्ने धैर्यता राख्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका छन् । प्रधानमन्त्रीले समेत मोबाइल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेनजी अभियन्ता…
Read More
खराब जीवनशैली दीर्घरोग निम्त्याउँदै, कैलालीमा ९५७ क्यान्सर तथा मृगौला पीडित

खराब जीवनशैली दीर्घरोग निम्त्याउँदै, कैलालीमा ९५७ क्यान्सर तथा मृगौला पीडित

धनगढीः कैलालीमा करिब एक हजार क्यान्सर तथा मृगौला रोगी रहेको पाइएको छ। १३ वटा पालिका रहेको कैलालीमा चालु आर्थिक वर्षको असोजसम्म ९४७ जना क्यान्सर तथा मृगौला रोगी रहेको पाइएको हो। सबैभन्दा बढी जनसंख्या रहेको धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी क्यान्सर र मृगौला पीडित बिरामी रहेका छन्। धनगढीमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १७९ जना बिरामीले उपचारका लागि मासिक पाँच हजराका दरले आर्थिक सहयोग बुझेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनले १७९ जना दीर्घरोगी बिरामीमध्ये बढी संख्या क्यान्सर पीडितको रहेको बताएका छन्। विज्ञापन धनगढीपछि दोस्रोमा बढी बिरामी टीकापुर नगरपालिका रहेका छन्। टीकापुरमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १२५ जनाले आर्थिक सहयोग बुझेको…
Read More
कसरी हुँदैछ सहकारी बचतकर्ताको एक लाखसम्म बचत फिर्ता ?

कसरी हुँदैछ सहकारी बचतकर्ताको एक लाखसम्म बचत फिर्ता ?

काठमाडौँ । सरकारले सहकारीका साना बचतकर्ताको बचत फिर्ताको तयारी सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका बचतकर्ताको एक लाख रुपैयाँसम्म फिर्ताको लागि तयारी सुरु गरेको हो । यसका लागि कार्यविधि प्रस्ताव गरेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको मन्त्रालयका सहप्रवक्ता दामोदर वाग्लेले जानकारी दिए । मन्त्रालयले गरेको उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेसँगै कानुन मन्त्रालय जानेछ । त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद्मा कार्यविधि स्वीकृति गर्न प्रस्ताव पेस हुनेछ । उक्त कार्यविधि स्वीकृत भएर कोष स्थापना भएपछि बचत फिर्ता सुरु गरिने सहप्रवक्ता वाग्ले बताउँछन् । अहिले मन्त्रालयले एउटा ‘रिभल्भिङ फन्ड’को प्रस्ताव गरेको छ । उक्त फन्डमा सरकारले सुरुमा…
Read More
लेबननको राजधानीमा इसराइलले गर्‍यो हवाई हमला, मारिए हिजबुल्लाह नेता

लेबननको राजधानीमा इसराइलले गर्‍यो हवाई हमला, मारिए हिजबुल्लाह नेता

इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको छ। एक वर्षअघि भएको युद्धविराम उल्लंघन गर्दै इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हमला गरी हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इसराइलले गरेको छ। लेबननमा महिनौंपछि राजधानी नजिकै भएको यो पहिलो आक्रमण हो। हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाईको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि, संगठनले उनको भूमिकाबारे विस्तृत जानकारी दिएको छैन। हिजबुल्लाहले यसको प्रतिवाद गर्ने घोषणा गर्दै त्यसको निर्णय वरिष्ठ नेतृत्वले गर्ने बताएको छ। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको छ। आक्रमण…
Read More
युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा

युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा

लन्डन । आफ्नो भविष्य सुन्दर बनाउने सपना साँचेर १९ वर्षमै ब्रिटिश सेनामा भर्ना भए रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगर । ३१ वर्षको उमेर थियो, रोयल गोर्खा राइफल्समा कार्यरत उनी जागिरकै दौरान सन् २०१० मा अफगानिस्तानको लडाइँमा खटिंदा एक ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मा पाइला टेकेर विष्फोट हुँदा घुँडाभन्दा माथि दुवै खुट्टा गुमाए । विस्फोटपछि जब उनी ब्यूँझिए, तीन सन्तानका पिता उनलाई लाग्यो अब मेरो जीवन सकियो । शारीरिक र मानसिक पीडाले लामो समयसम्म विक्षिप्त भए बुढामगर । पीडा भुलाउन रक्सी पिउँदा पिउँदा लत नै बस्यो । कहिलेकाहीं त आत्महत्या गर्ने सोच समेत बनेको उनी बताउँछन् । ‘तर, घर परिवार र…
Read More
कैलाली भन्सार कार्यालयद्धारा ४ महिनामा २५ प्रतिशत राजस्व संकलन

कैलाली भन्सार कार्यालयद्धारा ४ महिनामा २५ प्रतिशत राजस्व संकलन

धनगढी: कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षका ४ महिनामा वार्षिक लक्ष्यको २५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको चालु आवमा ९ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ४ महिनामा २५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा २ अर्ब ५१ करोड ८३ लाख राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए ।  कार्यालयले चालु आवका ४ महिनामा कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन् । विज्ञापन साउनमा ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५७ करोड…
Read More