Skip to main content

धनगढी न्यूज

कैलाली प्रहरीले चलाएको ‘सर्च एण्ड स्विप अपरेसन’मा एक सातामै १४९ जना पक्राउ

Advertisement

धनगढीः कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेसन’ अन्तर्गत एक सातामै १४९ जना पक्राउ परेका छन्। प्रहरीले जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तिर्न बाँकी रहेका १४९ जनालाई पक्राउ गरेको हो

उनीहरूलाई मंसिर १ गते देखि ७ गतेसम्म सात दिनको अवधिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले बताए।

‘सर्च एण्ड स्वीप अपरेसन’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीले ६८ जना, इलाका प्रहरी कार्यालय मालाखेतीले २५ जना, इलाका प्रहरी कार्यालय टीकापुरले २२ जना, इलाका प्रहरी कार्यालय भजनीले १० जना, इलाका प्रहरी कार्यालय सुखडले ९ जना, इलाका प्रहरी कार्यालय सडकपुरले ७ जना, इलाका प्रहरी कार्यालय लम्कीले ६ जना र इलाका प्रहरी कार्यालय चिसापानीले २ जना पक्राउ गरेको प्रवक्ता सिंहले बताए।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...