Skip to main content

धनगढी न्यूज

Day: November 25, 2025

डिआइजी र मुख्य सचिवसम्म बयान लिइसक्यो जाँचबुझ आयोगले, अब क–कसको बाँकी?

डिआइजी र मुख्य सचिवसम्म बयान लिइसक्यो जाँचबुझ आयोगले, अब क–कसको बाँकी?

भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटनाक्रम छानबिन गर्न बनेको जाँचबुझ आयोग घटना विवरण संकलनको काम पूरा गरेर बयानको चरणमा प्रवेश गरेको छ। आयोग सम्बद्ध स्रोतका अनुसार सरकारका उच्चपदस्थ व्यक्तिमध्ये अहिलेसम्म मुख्यसचिव एकनारायण अर्यालको बयान लिइएको छ। अर्यालले मंगलबारबाट अवकाश पाएका छन्। आन्दोलन क्रममा ड्युटीमा खटिएका प्रहरी अधिकारीहरूको पनि धमाधम बयान सुरू भएको छ। त्यसै क्रममा आयोगले डिआइजी ओम रानाको बयान लिइसकेको छ। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख थिए। आयोगले ड्युटीमा खटिएका प्रहरी अधिकारीहरूको बयान लिने उद्देश्यले भदौ २३ र २४ गते फिल्डमा खटिएका कमान्डर तथा प्रहरीहरूको विस्तृत विवरण मागेको थियो। त्यही विवरणका आधारमा फिल्डमा खटिएका डिएसपी…
Read More
दिनहुँ बढ्दै तरकारी भाउ, घट्दैन किन ?

दिनहुँ बढ्दै तरकारी भाउ, घट्दैन किन ?

९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सिजनकै तरकारीको भाउ दिनहुँ बढेको देखाउँछ । तरकारीको भाउ बढ्न थालेको गएको दसैंभन्दा अघिदेखि नै हो । त्यसबेलादेखि नै उपभोक्ता तरकारीमा महँगो भाउ चुकाउन बाध्य छन् । कालीमाटी थोक (होलसेल) बजारमै तरकारीको भाउ उच्च हुँदा खुद्रातिर भने नियन्त्रण बाहिर छ । अहिलेसम्म बजारमा सबैभन्दा महँगो गोलभेँडा भएको छ । कालीमाटी बजारमा मंगलबार गोलभेँडाको थोक मूल्य किलोकै १ सय ४५ रुपैयाँ पुगेको छ । थोकमै महँगो भएको गोलभेँडा खुद्रामा २ सयदेखि २ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।…
Read More
छाउपडी प्रथा : गैरकानुनी अभ्यास, तर उजुरी नै नपर्ने संरचनागत लैङ्गिक हिंसा

छाउपडी प्रथा : गैरकानुनी अभ्यास, तर उजुरी नै नपर्ने संरचनागत लैङ्गिक हिंसा

धनगढीः सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाहरुका महिलाहरु महिनावारी भएका बेला घर भन्दा छुट्टै गोठ वा छाप्रोमा बस्नुपर्ने सामाजिक वाध्यता विस्तारै कम हुँदै गए पनि छाउपडीका रुपमा मानिने छुवाछुतपूर्ण व्यवहार न्युनिकरण गर्न चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका छन्। लामो समयदेखि जनचेतनाका कार्यक्रमहरु भइरहे पनि परिवर्तन गर्न अझै चुनौतीपूर्ण रहेको अधिकारकर्मीहरुको भनाइ छ। सोमबार काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतिय चलचित्र महोत्सवको (किम्फ) को ‘घुम्ती’ किम्फ संस्करणमा छाउपडी जस्ता लैङ्गिक हिंसा अन्त्यका लागि अबको पहल विषयक सामुहिक छलफल (प्यानल डिस्कसन)मा महिला अधिकारकर्मी सोनी भण्डारीले जनचेतनालाई व्यवहारिक रुपमा लागु गर्न नसक्दा  महिलाहरु विभेद खेप्न वाध्य रहेको बताईन्। विज्ञापन “छाउपडी गलत हो भनेर थाहा भएपनि यो परिवर्तन गर्न…
Read More
छुर्पीमा फड्को : ४ किलोबाट सुरु, सवा लाख किलो निर्यात

छुर्पीमा फड्को : ४ किलोबाट सुरु, सवा लाख किलो निर्यात

विराटनगर । झापामा मुख्य कार्यालय रहेको मनराम हिमालयन ह्यान्डी क्राफ्टले कोशी प्रदेशबाट ‘डग च्यु’ (कुकुरको आहार) का रूपमा छुर्पी उत्पादन तथा सङ्कलन गर्न थालेको १८ वर्ष भयो । उक्त कम्पनीले सन् २००७ मा नमुनाका रूपमा जम्मा ४ किलो छुर्पी सङ्कलन गरेर अमेरिका पठाएको थियो । तर अहिले कम्पनीले १ लाख २५ हजार किलोसम्म छुर्पी निर्यात गर्दै आएको छ । उसले डीडीसीसँग ठुलो परिमाणमा ‘छेना’ (दुध फटाएर बनाइने वस्तु) खरिद गर्न थालेको छ । यसले बजार गुमाउँदै गएको डीडीसीलाई पनि राहत मिलेको छ भने डीडीसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन गर्ने र त्यसलाई फटाएर छेना बनाउने प्रोसेसिङको झन्झट र खर्च कम्पनीलाई…
Read More
मौसमविद् भन्छन्– दुई हप्ता पानी पर्ने छैन सम्भावना

मौसमविद् भन्छन्– दुई हप्ता पानी पर्ने छैन सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसमविद् विनोद पोखरेलका अनुसार आउँदो दुई हप्तासम्म नेपालमा पानी पार्ने गरी कुनै प्रणाली भित्रने सम्भावना देखिएको छैन। बंगालको खाडीमा चक्रवात विकास हुँदै गरेका भए पनि त्यस झन् पश्चिमी वायुलाई रोक्ने सम्भावना देखिएको उनले प्रक्षेपण गरेका छन्। ‘आउँदो दुई साता देशभरको मौसम घमाइलो नै हुनेछ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्। पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा प्रदूषण बढ्न थालेको छ। त्यस्तै वन डढेलोका घटनामा पनि बढोत्तरी आएका छन्। मंगलबार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
Read More
फ्लाइओभरसहितको नारायणगढ–पथलैया सडक विस्तार गर्न ठेक्का आह्वानको तयारी

फ्लाइओभरसहितको नारायणगढ–पथलैया सडक विस्तार गर्न ठेक्का आह्वानको तयारी

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढदेखि बाराको पथलैयासम्मको सडक विस्तारका लागि ठेक्का आह्वानको काम अन्तिम चरणमा पुगेको छ । यो सडक विस्तारको क्रममा जंगली जनावरहरु वारपार गर्न मिल्ने गरी फ्लाइओभर समेत बनाउने तयारी छ । सडक एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको छ । नारायणगढदेखि पथलैयासम्मको दुरी कुल एक सय किलोमिटर रहेकोमा पहिलो चरणमा गोन्द्राङसम्म करिब सात किलोमिटर सडक विस्तार भइसकेको छ । बाँकी खण्ड बिस्तारका लागि नयाँ ठेक्का आह्वान गर्न लागिएको हो । सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक–एडीबी) अन्तर्गत आयोजना निर्देशक चूडाराज ढकालका अनुसार सडक विस्तारका लागि केही हप्ताभित्रै ठेक्का…
Read More
कैलाली प्रहरीले चलाएको ‘सर्च एण्ड स्विप अपरेसन’मा एक सातामै १४९ जना पक्राउ

कैलाली प्रहरीले चलाएको ‘सर्च एण्ड स्विप अपरेसन’मा एक सातामै १४९ जना पक्राउ

धनगढीः कैलालीमा प्रहरीले सञ्चालन गरेको 'सर्च एण्ड स्विप अपरेसन' अन्तर्गत एक सातामै १४९ जना पक्राउ परेका छन्। प्रहरीले जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तिर्न बाँकी रहेका १४९ जनालाई पक्राउ गरेको हो उनीहरूलाई मंसिर १ गते देखि ७ गतेसम्म सात दिनको अवधिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले बताए। विज्ञापन 'सर्च एण्ड स्वीप अपरेसन' अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीले ६८ जना, इलाका प्रहरी कार्यालय मालाखेतीले २५ जना, इलाका प्रहरी कार्यालय टीकापुरले २२ जना, इलाका प्रहरी कार्यालय भजनीले १० जना, इलाका प्रहरी कार्यालय सुखडले ९ जना, इलाका प्रहरी कार्यालय सडकपुरले…
Read More