Skip to main content

धनगढी न्यूज

मान्छे-मान्छेमा सर्ने गरी रूपान्तरित भए कोभिडभन्दा घातक विश्वव्यापी महामारी बन्न सक्छ बर्डफ्लू

Advertisement

मानिसलाई पनि संक्रमण हुन सक्ने गरी बर्डफ्लू रूपान्तरण भए विश्वमै महामारीको रूप लिएको कोभिड-१९ भन्दा घातक हुन सक्ने अध्ययनले देखाएको छ।

भाइरस, जीवाणु तथा संक्रमणजन्य रोगबारे अनुसन्धान गर्ने फ्रान्सको एउटा प्रतिष्ठित संस्था इन्स्टिच्यूट पास्तेरले आफ्नो अध्ययनबाट सो निष्कर्ष निकालेको हो।

संस्थाकी श्वासप्रश्वास संक्रमण केन्द्रकी प्रमुख मेरी-आन रेमेक्स वल्टीले बर्डफ्लू अझै संक्रामक बन्दै मानिसहरूलाई पनि सर्न सक्ने गरी रूपान्तरण भए यसले विश्वमै भयावह अवस्था ल्याउन सक्छ भनेर चेतावनी दिएकी हुन्।

पछिल्ला वर्षहरूमा जंगली चरा, कुखुरा र विभिन्न स्तनधारी जनावरमा तीव्र रूपमा फैलिरहेको एच-५ प्रकारको बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) मानव–मानव सर्ने रूपमै विकसित भए कोभिड-१९ भन्दा भयानक महामारी निम्तन सक्ने उनले बताएकी हुन्।

उच्च संक्रामक बर्ड फ्लुका कारण अहिलेसम्म करोडौं संख्यामा कुखुरा मारेर नष्ट गरिएका छन्। जसले खाद्य आपूर्ति श्रृंखला अव्यवस्थित बनाउनुका साथै मूल्यवृद्धि पनि गराएको छ। यद्यपि मानवमा संक्रमण अहिलेसम्म दुर्लभ छ।

यो प्रकृतिको भाइरसले पछिल्लो समय स्तनधारीहरूमा अनुकूलन गर्ने संकेत देखिँदै आएको भनेर वल्टीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

यसले वैज्ञानिकहरूलाई थप सतर्क बनाएको छ।

‘जब यो भाइरस मानवमा अनुकूल भएर मान्छे–मान्छेमै सर्न सक्षम हुन्छ। त्यस्तो भाइरस नै महामारीको कारण बन्न सक्छ,’ उनले रोयटर्ससँग भनेकी छन्।

इन्स्टिच्यूट पेस्तर कोभिड-१९ परीक्षण प्रविधि विकास र विश्व स्वास्थ्य संगठनसँग साझेदारी गर्ने पहिलो युरोपेली प्रयोगशाला हो।

मानिसमा एच-१ र एच-३ मौसमी फ्लुका लागि केही प्रतिरोध क्षमता भए पनि एच-५ बर्डफ्लूविरुद्ध कुनै एन्टीबडी नै छैन।

उनका अनुसार बर्डफ्लू कोभिड-१९ को भन्दा फरक रूपमा स्वस्थ व्यक्ति र बालबालिकासमेतलाई मृत्युको मुखमा पुर्‍याउन सक्छ।

‘यदि बर्डफ्लू महामारी फैलियो भने, हामीले भोगेको कोभिड-१९ भन्दा पनि गम्भीर हुन सक्छ,’ वल्टीले चेतावनी दिइन्।

एच-५ एन-५ बाट पछिल्लो दुई दशकमा करिब  एक हजार मानिसहरूमा संक्रमण पुष्टि भएको रोयटर्सले जनाएको छ। यसमा मुख्यतः इजिप्ट, इन्डोनेशिया र भियतनामका छन्।  जसमा ४८ प्रतिशतको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अमेरिकामा हालै पहिलो पटक एच५एन५ बाट एक जना संक्रमित भएका थिए। ती पुरुषको गत हप्ता मृत्यु भएको भनेर रोयटर्सले लेखेको छ।

विश्व पशु स्वास्थ्य संगठनका विज्ञान विभाग प्रमुख ग्रेगोरियो टोरेसका अनुसार वर्तमान अवस्थामा मानवमा महामारी बन्ने सम्भावना न्यून छ। यद्यपि जोखिम भने रहन्छ।

‘तपाईं अहिले पनि निर्धक्क जंगल हिँड्न, कुखुरा–अण्डा खान, सामान्य जीवन बाँच्न सक्नुहुन्छ। जोखिम रहन्छ तर अहिलेसम्मको स्थितिमा सम्भावना अझै न्यून छ,’ उनले भने।

रेमेक्स–वेल्टीका अनुसार यदि भाइरस मानव–मानव सर्ने गरी रूपान्तरित भयो भने पनि विश्व समुदाय कोभिड-१९ अघिको तुलनामा अहिले धेरै तयार छ।

‘फ्लुका लागि हामीसँग पहिलेबाटै विभिन्न सम्भावित भ्याक्सिन प्रोटोटाइप तयार छन्। हामी भ्याक्सिन छिटो उत्पादन गर्ने क्षमता पनि राख्छौं। विशेष एन्टिभाइरल औषधिको पनि ठूलो भण्डार छ, जसले यस प्रकारको भाइरसमा काम गर्न सक्छ,’ उनले भनिन्।

बर्डफ्लू महामारीको जोखिम तत्काल नभए पनि यसको रूपान्तरण क्षमता र फैलावटका कारण विश्वभरका स्वास्थ्य निकाय अत्यन्तै सतर्क भएको वैज्ञानिकहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...