Skip to main content

धनगढी न्यूज

कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए

Advertisement

कैलालीः  सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि सभामा पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीबाट १४ पुरुष र १२ महिला गरी २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । जसमध्ये कैलालीको क्षेत्र नं १, ४ र ५ मा निर्वाचनबाट र क्षेत्र नं २, ३ र दलित क्षेत्रका निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

शनिबार कैलाली क्षेत्र नं. १ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचन निर्वाचनबाट खुल्लातर्फ द्वारिकाप्रसाद न्यौपाने, ध्रुवराज खत्री, महिला प्रतिनिधिमा कमला शाही चौधरी, युवा प्रतिनिधिमा लक्ष्मी आचार्य विजयी भएका छन्।

कैलाली क्षेत्र नं. २ मा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् । २ मा कर्णबहादुर कुँवर, डेजी पाण्डे, नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही, युवामा पवित्राकुमारी माझी छनोट भएका छन्। क्षेत्र नं ३ मा चुल्लुराम चौधरी, करुणा बम, महिला इच्छा चौधरी, युवा प्रतिनिधिमा राजबहादुर बुढा छनोट भएका छन्।

क्षेत्र नं ४ मा भएको निर्वाचनमा चक्रबहादुर बोहरा, नरबहादुर तामाङ, भीमबहादुर देउवा, महिलातर्फ रत्ना कुँवर जोशी, शान्तिदेवी सिंह र युवा प्रतिनिधिमा सुद्धिराम चौधरी निर्वाचित भएका छन्। क्षेत्र नम्बर ५ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द, यज्ञराज ढुङ्गाना महिलातर्फ अम्बिका विष्ट मल्ल, रुक्मिणी देवकोटा र युवा प्रतिनिधि तिर्थराज भट्टराई निर्वाचित भएका छन।

यस्तै, जिल्ला भित्रको दलित क्षेत्रबाट भानसिंह विक, प्रेम भूल र सावित्रा घिमिरे महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । नेकपा एमालेका कैलालीमा १३ हजार ३६० जना सङ्गठित सदस्य रहेका जिल्ला सचिव ममताप्रसाद चौधरीले जानकारी दिएका छन्। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...