Skip to main content

धनगढी न्यूज

एमाले डोटीमा पनि समानान्तर सूची तयार

Advertisement

१५ मंसिर, धनगढी । नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको समानान्तर सूची सार्वजनिक भएको छ ।

जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग–अलग सूची सार्वजनिक गरेका छन् । संस्थापन इतरतर्फ उभिएका अध्यक्ष मलासीको सूचीप्रति असहमति जनाउँदै संस्थापनतिर लागेका सचिव भट्टले छुट्टै सूची तयार पारेका हुन् ।

अध्यक्ष मलासीको सूचीमा प्रदेश सांसद चक्रबहादुर मल्ल सहित दुर्गादत्त ओझा, डम्बर डौडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा खुला तर्फका प्रतिनिधि चयन भएका छन् ।

महिलातर्फ अध्यक्ष मलासी र लक्ष्मीदेवी मल्ल छन् भने दलित तर्फ सिता बिक र धनबहादुर नेपाली छन् । ४० वर्ष मुनिका युवा तर्फ बमबहादुर बम चयन भएका छन् ।

संस्थापन नजिक मानिने जिल्ल सचिव भट्टको सूचीमा खुलातर्फ सच्चिदानन्द जोशी, दीर्घराज बोगटी, शेरबहादुर मल्ल र पदमराज भट्ट, महिला तर्फ रुपा कठायत र लक्ष्मी मल्ल, दलित तफरु शान्ती चुनारा, धनबहादुर नेपाली र युवा तर्फ खेमबहादुर घर्तीलाई चयन गरिएको छ । भट्टलाई जिल्ला इन्चार्ज गौरी ओलीले साथ दिएको दाबी गरिएको छ ।

अध्यक्ष र सचिवको दुई वटा सूची सार्वजनिक भएपछि ओलीले आफ्नो सुझाव र पार्टीको विधान विपरीत कब्जा गर्ने शैलीबाट दुई सूची ल्याइएको बताइन् ।

अध्यक्ष मलासीले भने निर्वाचन अधिकृतले सार्वजनिक गरेको सूची नै प्रतिनिधिको आधिकारीक भएको बताएकी छन् । सचिव भट्टले नजानेर दोस्रो सूची बनाएको बताउदै फिर्ता गरिसकेको उनको जिकिर छ ।

‘प्रतिनिधि चयनमा विवाद भएको होइन । उहाँ(सचिव)ले नजानी नजानी गरेको हुँ अहिले फिर्ता गरिसकेको छु भन्नुभएको छ । यो पक्ष अर्को पक्ष भन्ने पनि केही पनि होइन । सचिवलाई नै अधिकार दिएका थियौँ ।

हामीले गरेको निर्णय आधिकारीक हो । प्रदेशमा समेत पठाइसकेका छौँ,’ मलासीले भनिन् ।

सचिव भट्टले भने अध्यक्षले एकलौटी गर्दै आफू अनुकूल प्रतिनिधि चयन गरेपछि अर्को सूची सार्वजनिक गर्नुपरेको दाबी गरेका छन् ।

‘अध्यक्ष कमरेडबाट प्रतिनिधिमा बिना सहमती एकलौटी नाम घोषणा गर्ने काम भयो । यो कुरामा सुरुबाटै मैले विरोध जनाइरहेको थिए’ सचिव भट्टले भने, ‘मेरो असहमतिबीच उपसचिवलाई माइन्युट गर्न लगाएर गरिएको एकलौटी निर्णयमा मेरो हस्ताक्षर पनि छैन । समर्थन पनि छैन । ’

भट्टले दोस्रो पटक सार्वजनिक गरिएको प्रतिनिधिको सूचि नै आधिकारिक भएको दाबी समेत गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले भने जिल्ला कमिटीबाट प्राप्त भएका दुवै सूचीलाई निर्णयका लागि माथिल्लो कमिटीमा पठाउने जनाएको छ । ‘जिल्ला कमिटीबाट आधिकारीक रुपमा आएका प्रतिनिधिको सूची र अन्य निवेदनहरुसँगै राखेर हामीले माथि पठाउछौँ,’ चन्दले भने, ‘दुवै सूची पठाइसकेपछि केन्द्रीय संगठन विभागले गर्ने निर्णय नै अन्तिम हुन्छ ।’अन्लाईन खबर बाट साभार

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...