Skip to main content

धनगढी न्यूज

दलीय खिचातानीले अस्थिर मधेश, तीन महिनाभित्र तीन सरकार ढले

Advertisement

१७ मंसिर, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज सदनमा राजीनामा घोषणा गरेका छन् । कार्तिक २३ गते राति ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त भएका थिए ।

२४ गते बिहान बर्दिबासको पानस होटेलमा शपथ लिएका यादव सर्वोच्चको परमादेश पश्चात २४ घण्टा भित्र विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका हुन् । झण्डै उनको यो विवादित कार्यकाल २२ दिन रह्यो ।

उनी लगायत पछिल्लो तीन महिना यता सदनमा यसरी नै तीन मुख्यमन्त्रीले राजीनामा दिनु परेको छ । भदौ २३ गतेको जेनजीको आन्दोलन यता मधेश झन् अस्थिर बनेको छ । प्रदेश सभाको दोस्रो कार्यकालको तीनवर्षमा मधेशमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । जसमा जेनजी आन्दोलन पश्चात मात्र तीन सरकार परिवर्तन भएको हो ।

जेनजीको आन्दोलनको क्रममा २४ भदौमा मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतको निर्देशनमा दिएको राजीनामा प्रकरण पश्चात मधेश यो स्थितिमा आइपुगेको हो ।

मधेशमा नेताले गुमाए संयमता : कर्मचारी कुटे, सरकारी सम्पत्ति तोडफोड गरे

जेनजी आन्दोलन पश्चात् अवस्था समान्य बनेपछि मुख्यमन्त्री सिंहले राजीनामाको कुरा फेरे । पार्टीले दबाब दिएर साथ छाडेपछि बाध्य भएर असोज २८ गते विश्वासको मत लिने बहानामा सदनमा आफ्ना धारणा राख्दै सिंहले पदबाट राजीनामा घोषणा गरेका थिए । त्यो सरकारले झण्डै १६ महिना कार्यकाल पूरा गरेको थियो ।

त्यसपछि असोज २९ गते लोसपाका नेता जितेन्द्र सोनल जसपासहित ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्तिक २२ गते विश्वासको मत लिन बसेको सदनमा सत्ता गठबन्धन जनमतका दुई सांसदको अनुपस्थिति र माओवादीका दुई सांसदले विद्रोह गरेपछि सोनलले अन्नतः राजीनामा घोषणा गर्नु परेको थियो ।

त्यसपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा एमालेले आफ्नै पार्टी निकट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द मण्डललाई प्रयोग गरी असोज २३ गते राति गोप्य रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको थियो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...