03
Dec
काठमाडौँ । मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए । रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए । पहिलो सन्देशमा उनले एकता प्रक्रियामा जोडिएका विवेकशील साझाका नेताहरूलाई स्वागत गरे भने दोस्रोमा, केही समय ‘कुलिङ पिरियड’ बसेर विश्राम लिन र तेस्रो सन्देशमा मिडिया ट्रायलदेखि टाढै रहन सचेत गराएका थिए । एकता घोषणाअघि संयोजक वाग्लेले सहमतिको पाँचबुँदे ड्राफ्ट रविलाई सुनाएका थिए । सहमतिका बुँदाहरूबाट रवि निकै उत्साहित भएको कुरा वाग्लेले एकता सभामा सुनाए । सोही दिन संवाद समितिका सहसंयोजक शिशिर खनालले कारागार पुगेर रविलाई…






