Skip to main content

धनगढी न्यूज

Month: December 2025

‘जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म समानुपातिक प्रणाली सुधार गर्न सक्नुहुन्न’

‘जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म समानुपातिक प्रणाली सुधार गर्न सक्नुहुन्न’

निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीलाई लिएर राजनीतिक दलहरूमा हलचल मच्चिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ११० जना उम्मेदवारको बन्दसूची दलहरूले पुस १४ गते आयोगमा बुझाएका थिए । बन्दसूचीमा पार्टीको विधि, विधान, भूगोल र समावेशीलाई बेवास्ता गरी नेताहरूका आफन्त, व्यवसायी घरानादेखि सेलिब्रेटीसम्म समेटिएपछि नयाँ तथा पुराना दलहरूमा रडाको मच्चिएको छ । सुशासन र सुसंस्कृत समाज निर्माण गर्ने भन्दै पुराना दलको विकल्पमा रजानीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको आन्तरिक निर्वाचनमा लोकप्रिय मत ल्याएकालाई लत्याएर बन्दसूची बुझाएपछि असन्तुष्टि बढेको छ । रास्वपाले पनि नातावाद, सेलिब्रेटीलाई समानुपातिकको बन्दसूचीमा राखेर पुरानै दलको बाटो पछ्याएको पार्टीकै नेताहरूले आरोप…
Read More
रास्वपाले भन्यो– समानुपातिक सूचीमा सच्याउनुपर्ने विषय प्रदेश सभापतिलाई वा केन्द्रमा सिधै बुझाउनू

रास्वपाले भन्यो– समानुपातिक सूचीमा सच्याउनुपर्ने विषय प्रदेश सभापतिलाई वा केन्द्रमा सिधै बुझाउनू

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीमा सच्याउनुपर्ने विषय भए प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरूप्रति पार्टीको ध्यानाकर्षण भएको सचिवालयले जनाएको हो। ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो। उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ। अतः बन्दसूचीमा…
Read More
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

१६ पुस, काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।अन्लाईन खबर बाट साभार  
Read More
सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

धनगढी: काँग्रेस, एमाले, नेकपा र रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन्। चार पार्टीले बुझाएको उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिमबाट काँग्रेसले सबैभन्दा बढी ११ जनाको नाम समेटेको छ। नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीले १०/१० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ। यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन्। विज्ञापन नेपाली काँग्रेसले प्रदेशका सबै जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरेको छ। अन्य दलले भने प्रदेशका सबै जिल्लाबाट उम्मेदवार बनाएका छैनन्। नेकपा र एमालेले भने पाँच/पाँच  जिल्लाबाट मात्रै…
Read More
वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए । 'हामी भर्खर पुगेर अनुसन्धान गर्दै छौँ,' उनले भने, 'पहिचान पनि खुलेको छैन।' उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको छ। सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ‌।रातोपाटी बाट साभार
Read More
नयाँ वर्षको एउटा नयाँ तस्बिर

नयाँ वर्षको एउटा नयाँ तस्बिर

कर्मकल्चर नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा तीन लोकप्रिय अनुहारहरू एउटै निर्वाचन चिह्नको फ्रेमभित्र अटाए। तिनका शुभेच्छुकहरूको खुसियालीले सामाजिक सञ्जाल पूरै उज्यालो भएको छ। रवि लामिछाने अध्यक्ष रहने गरी बालेन्द्र शाह र कुलमान घिसिङबीच भावी सत्ता बाँड्ने सहमतिले देशलाई नयाँ सम्भावनाको पात्रो दिएको छ। राजनीतिमा यस्ता घुम्तीहरू अस्वाभाविक हुँदैनन्, जस्तो कवि तुलसी दिवस लेख्छन् — हिँड्दा हिँड्दै हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ तेर्सिँदा तेर्सिँदै तेर्सो बाटो नै उक्लिएपछि तेर्सिनेको पनि केही लाग्दो रहेनछ! नेतात्रयको यो सहमतिको चाखलाग्दो संयोजन अन्तिम क्षणमा जेनजी आन्दोलनकारीका तर्फबाट हरेकजसो गतिविधिमा सक्रिय सुदन गुरूङले गरिदिए। त्यस हिसाबले भदौ २३–२४ को जेनजी आन्दोलन, नवयुवाको…
Read More
झन्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड

झन्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड

१६ पुस, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए । क्रेनको सहायताले ग्याँस बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए । दुर्घटनापछि ग्याँस चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा…
Read More
जलवायुमैत्री कृषि अभ्यासले किसानको जीविकोपार्जनमा सुधार, रैथाने बाली संरक्षणमा जोड

जलवायुमैत्री कृषि अभ्यासले किसानको जीविकोपार्जनमा सुधार, रैथाने बाली संरक्षणमा जोड

  धनगढीः जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको सन्दर्भमा सुदूरपश्चिमका किसानहरूले जलवायुमैत्री कृषि प्रणाली, रैथाने बाली संरक्षण, करार खेती र जैविक उत्पादनलाई प्राथमिकतामा राख्दै आफ्नो जीविकोपार्जन सुधार गरिरहेका छन्। सोमबार जैविक विविधता अनुसन्धान तथा विकासको लागि स्थानीय पहल (ली–बर्ड) द्वारा सञ्चालित जीविकोपार्जन सुधार तथा समानुकूल क्षमता अभिवृद्धि कार्यक्रम र समानुकूलित जीविकोपार्जनका लागि साना किसानहरूको क्षमता अभिवृद्धि कार्यक्रम (सक्षम) परियोजनाको उपलब्धि, सिकाइ आदान–प्रदान तथा परियोजना समापन कार्यक्रममा धनगढीमा उनिहरुले आफ्ना रैथाने उत्पादनको प्रदर्शन सहित सकिाई र उपलब्धिहरु साझा गरेका थिए। सक्षम परियोजनाका प्रमुख ईन्द्रेश्वर मण्डनका अनुसार उक्त परियोजना लक्षित समुदायको खाद्य, पोषण र आम्दानीमा सुधार गर्ने तथा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसँग…
Read More
‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टी एकताको घोषणा गर्दै राजनीतिक वृत्तलाई गतिलो ‘सरप्राइज’ दिएका थिए । पार्टी एकताकै भोलिपल्ट अर्थात् सोमबार प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा समाप्त हुँदैछ । दुवै दलका तर्फबाट कसरी समानुपातिक उम्मेदवार छानिएलान् भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । यद्यपि, दुवै दलका नेता यसमा कुनै ठुलो समस्या नरहेको बताउँछन् । उनीहरूले आजै निर्धारित समयभित्रै समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी काम भइरहेको रातोपाटीलाई जनाएका छन् । लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार चुनावसम्म दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने गरी…
Read More
अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका कतिपय नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्कने भएका छन्। नेता प्रदीप यादव र रेणु यादवसहित नेताहरू जसपा नेपाल फर्कन लागेका हुन्। आफूहरू जसपा नेपालमै फर्कन लागेको नेता प्रदीप यादवले जानकारी दिए। ‘पार्टीका बहुमत सदस्यहरूसहित हामी ध्रुवीकरणमा लागेका छौं,’ उनले भने। जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पनि केही नेताहरू जसपा नेपाल फर्किन लागेको बताए। ‘म जाने होइन, केही नेताहरू जान लागेका छन्,’ उनले भने। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच पार्टी एकता गर्ने हिजो सहमति जुटेको थियो। त्यसपछि जनता समाजवादी पार्टीका कतिपय नेताहरू पनि यो एकतामा जान…
Read More