Skip to main content

धनगढी न्यूज

Month: December 2025

सहकारीमा ‘ब्रेक थ्रु’ : ऋण नतिरे कालोसूची, सूचना आदानप्रदान अनलाइनबाटै

सहकारीमा ‘ब्रेक थ्रु’ : ऋण नतिरे कालोसूची, सूचना आदानप्रदान अनलाइनबाटै

काठमाडौँ । कर्जा सूचना केन्द्रले सहकारी संस्थालाई सदस्यता दिन सुरु गरेको छ । सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका लागि सदस्यता प्रदान गर्न थालेको केन्द्रका प्रवक्ता विजय कुँवरले जानकारी दिए । केन्द्रले सहकारी प्राधिकरणको निर्देशन अनुसार सदस्यता खुला गरेकोले प्राधिकरणको कार्यक्षेत्र भएका सहकारी संस्था मात्रै यसको नियमनको दायरामा हुने कुँवरको भनाइ छ । गत बुधबार सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई केन्द्रको सदस्यता लिन आह्वान गरेको थियो । सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्राधिकरणले यसका लागि सहकारी संस्थालाई सदस्यताको लागि सूचित गरेको प्राधिकरणका कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए…
Read More
भदौ २४ गतेको तोडफोड र आगजनी घटनामा पक्राउ परे पूर्वसांसद मोदीका स्वकीय सचिव

भदौ २४ गतेको तोडफोड र आगजनी घटनामा पक्राउ परे पूर्वसांसद मोदीका स्वकीय सचिव

जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्। विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उनीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन्। मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पक्राउ परेका छन्। अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए। मोदी मन्त्री हुँदा…
Read More
बेलायतमा नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि, एक वर्षमा आए झण्डै २१ हजार

बेलायतमा नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि, एक वर्षमा आए झण्डै २१ हजार

लन्डन । उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीको संख्या एक वर्षयता ८९ प्रतिशतले वृद्धि भएको छ । खुद आप्रवासन निरन्तर ओरालो, जागिर र आवासमा संकट एवं डिपेन्डेन्ट ल्याउन प्रतिबन्ध भए पनि नेपालबाट आउने विद्यार्थी संख्या भने झन् वृद्धि भएको हो । बेलायतको गृह मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार, सेप्टेम्बर २०२५ अन्त्यसम्म एक वर्षमा ४ लाख ३९ हजार ९२४ यूके अध्ययन भिजा जारी हुँदा बेलायत आउने नेपाली विद्यार्थी २० हजार ५ सय ७२ जना छन् । नेपाली विद्यार्थीको यो आगमन अघिल्लो वर्षभन्दा ८९ प्रतिशत बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै यूकेको अध्ययन भिजा लिने राष्ट्रको सूचीमा नेपाल…
Read More
विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

कञ्चनपुरः वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन्। उनले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थाएका हुन्। कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका हुन्। विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य रहेको बताउने उनले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हालेएको बताए। विज्ञापन भट्टले करिब १० लाख लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गरेका छन्। स्थानीय…
Read More